ग्लोबल नेप्लिज डटकम समुहको अध्यक्षमा चिरन्जीबी ढकाल

ग्लोबल नेप्लिज डटकम समुहको अध्यक्षमा चिरन्जीबी ढकाल
युरोपनेपाली खबर २०७७ असोज २६, 12-10-2020


लण्डन । विश्वभर छरिएर रहेका गैर आबासीय नेपालीहरुका खबरलाई सम्प्रेषण गर्दै आएको मुख्यतः  बेलायतबाट संचालित ग्लोबल नेप्लिज डट कम र यससंग सम्बन्धित समुहको अध्यक्षता अब चिरन्जीबी ढकालले गर्नु हुने भएको छ। ग्लोबल नेप्लिज समुहको निर्देशक र सम्पादन समुहको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।

गैर आबासीय नेपाली संघका संस्थापक सचिब समेत रहनु भएका ढकाल बिगतमा पनि बेलायतमा सन्चार र पत्रकारिता संग सम्बन्धित विभिन्न संस्थाहरुको अध्यक्ष र निर्देशक रहिसक्नु भएको छ। बेलायतबाट दशकौ अगाडी प्रकाशन हुने सगरमाथा टाइम्स पत्रिकामा प्रधान सम्पादक समेत रहिसक्नु भएका ढकाल लगत्तै लोकप्रिय “लन्डन पोस्ट” म्यागजिन समुहको समेत अध्यक्ष हुनुहुन्थ्यो। बेलाबखत सामाजिक , राजनीतिक र धार्मिक बिषयमा समेत लेख लेख्नु हुने ढकाल बेलायतबाट संचालित नेपाल ब्रिटेन डट कमको समेत करिब एक दशकसम्म अध्यक्ष हुनुहुन्थ्यो। बेलायतकै पुरानो संस्था यति नेपाली एशोशिएशनका पूर्व अध्यक्ष समेत रहनु भएका ढकाल विश्व हिन्दु महासंघ बेलायतको समेत अध्यक्ष रही सक्नु भएको छ।

अनुभबी ढकालको अध्यक्षतामा ग्लोबल नेप्लिज समुहले सूचना र संचारको माध्यमबाट नेपाली विविधता, कला, भाषा, संस्कृतिको प्रबर्धन गर्दै घरदेशलाई परदेशसम्म, नयाँ र पुरानो पुस्तालाई जोड्ने, आधुनिक समाज र परम्परागत हाम्रा सभ्यताहरुलाई जोड्ने पुलको रुपमा अझै ससक्त ढंगले अघि बढाउने छ। साथै मानव समाजका मुख्य आदर्श लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुका खबरलाई सम्प्रेषण गर्ने कार्यमा थप बल पुग्ने बिश्वास गरिएको छ।

ग्लोबल नेप्लिज डटकमको सम्पादन समूहमा बीबीसीमा समेत काम गरिसकेका भगीरथ योगी सम्पादकीय सल्लाहकारमा रहेका छन भने सम्पादक मण्डलमा नारायण गाउँले, जगन कार्की तथा चन्दा घिमिरे रहेका छन्।



FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित