युरोपमा फैलियो नयाँ कोरोना, युवाहरुमा बढी संक्रमण, स्थिति खराब बन्नसक्ने चेतावनी

युरोपमा फैलियो नयाँ कोरोना, युवाहरुमा बढी संक्रमण, स्थिति खराब बन्नसक्ने चेतावनी
युरोपनेपाली खबर २०७७ पुष १२, 27 -12-2020


युरोपनेपाली खबर, लिस्बन, पोर्तुगल ।बेलायतमा पहिलोपटक पहिचान गरिएको कोभिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडामा समेत पुष्टि भएको छ । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका ब्यक्तिमा समेत भाइरस सङ्क्रमणको पुष्टि भएको हो । 

क्यानाडाको ओन्टेरियोमा पुष्टि भएका दम्पत्तीको कुनै यात्रा वृत्तान्त वा सम्पर्क नरहेको अधिकारीहरुले बताएका छन् । जापानमा सोमबारबाट लागू हुने गरी गैर आवासीय विदेशीहरुलाई एक महिनासम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ । बेलायतबाट फर्केका पाँच जनामा सङ्क्रमणको पुष्टि भए यता थप दुई जना सङ्क्रमित भएका छन् । दुबैजनाको कुनै यात्रा वृत्तान्त छैन् । 

यूरोपेली यूनियनले फाइजर एनबायोटेकको खोप लगाउन स्वीकृति प्रदान गरेसँगै यूरोपेली राष्ट्रहरुमा खोप अभियान सञ्चालन गरिएको छ । उत्तर पूर्बी जर्मनीका स्वास्थ्य अधिकारीहरुले नयाँ अनुमति दिएको फाइजरको खोप वितरण गर्न र लगाउन अझै ढिलाइ गर्न नहुने बताएका छन् । हल्बरस्टाटको नर्सिङ्ग होममा भर्ना भएका वृद्ध ब्यक्तिहरुमा उक्त खोप लगाइएको छ । 

हगेंरीमा डेल पेस्ट केन्द्रीय अस्पतालका एक चिकित्सकमा खोप लगाएर अभियानको सुरुवात गरिएको छ । स्लोभाकियाका अधिकारीहरुले समेत खोप लगाउन सुरु गरिएको बताएका छन् । यूरोपेली कमीशनका प्रमुख उर्सुला भोन डर लियोनले खोप वितरणको तस्विर साझा गर्नुहुँदै ट्वीटरमा वक्तब्य जारी गरी “एकताको स्पर्श क्षण” उल्लेख गर्नुभएको छ । 

वैज्ञानिकहरुले कोरोनाभाइरसको नयाँ प्रकार बेलायतमा फेला पर्नुलाई निगरानी पद्धतीको सुदृढ अवस्था इकिंत गरेको प्रतिक्रिया दिएका छन् । नयाँ भाइरस अझै बढी सङ्क्रामक रहेपनि सङ्क्रमित ब्यक्तिहरुमा त्यत्ति बढी जोखिम ननिम्तिने विज्ञहरुले बताएका छन् । 

स्पेनको मड्रिडमा चारजनामा नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बेलायतबाट आएका चारैजना भने गम्भिर बिरामी नभएको अधिकारीहरुले बताएका छन् । 

स्वीटजरल्याण्डमा तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । दुई जना बेलायतका नागरिक छन् । क्रिसमस पूर्ब बेलायतबाट आउनेलाई अनुमति प्रदान गर्ने स्वीटजरल्याण्ड एकल यूरोपेली राष्ट्र हो । हजारौंका संख्यामा बेलायतबाट विदा मनाउन स्वीटजरल्याण्ड पुग्नेहरु छन् । 

स्वीडेनको स्वास्थ्य नियामक निकायले बेलायतबाट फर्केका एक जनामा सङ्क्रमणको पुष्टि भएपछि सुरुमा बिरामी देखिएपनि हाल सेल्फ आइसोलेशनमा रहेको जनाएको छ । 

फ्रान्सको टौर्स शहरमा एकजना फ्रान्सेली नागरिकमा नयाँ कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स फर्किनुभएको थियो । 

यसअघि नयाँ कोरोनाभाइरसका बिरामी डेनमार्क, जर्मनी, इटाली, द् नेदरल्याण्ड्स र अष्ट्रेलियामा समेत पुष्टि भइसकेको छ । नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित सबैभन्दा पहिला सेप्टेम्बर महिनामा दक्षिणी इंग्ल्याण्डमा पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा लण्डनसहित दक्षिण पूर्बी र पूर्बी इंग्ल्याण्डमा सङ्क्रमित हुनेको दुई तिहाइ नयाँ भाइरसका बिरामी छन् । 

नयाँ कोरोनाभाइरसले भाइरसको अन्य संस्करणलाई विस्थापित गर्दैछ । भाइरसले म्युटेशन गर्छ । भाइरसको उक्त प्रभाब महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् । 

केही म्युटेशनबाट भाइरसले कोषलाई असर गर्ने क्षमता राखेको प्रयोगशालाबाट पुष्टि भएको छ । जसले गर्दा नयाँ संस्करणको कोरोनाभाइरस पहिलाको भन्दा बढी सङ्क्रामक हुने स्वास्थ्य विद्हरुले बताएका छन् । यद्दपी पछिल्ला महिनाहरुमा विकास गरिएको खोपले उक्त भाइरस विरुद्ध समेत काम गर्ने विज्ञहरुको दाबी छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपका ८ वटा देशका साथै जापान तथा अस्ट्रेलियामा नयाँ प्रकारको कोरोनाको संक्रमण पुष्टि

युरोपका विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । युरोपेली संघअन्तर्गतका ८ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

डब्लूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगले आफूहरूले पछिल्लो अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको जनाए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए ।

कोरोनाको पुरानो भाइरसको तुलनामा नयाँले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको पनि क्लुगले जनाए । क्लुगले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरूलाई कडाइका साथ अवलम्बन गर्नुपर्ने बताए । ‘डब्लूएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,’ निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसको गुण, लक्षण, असरलगायतबारे अध्ययन भइरहेको र नतिजा आएर धेरै कुरा प्रस्ट भइसकेपछि मात्रै नयाँ रणनीति तय गर्न सकिने डब्लूएचओको भनाइ छ । नयाँ प्रकारको कोरोना बेलायतमा गत साता पहिलोपटक पुष्टि भएको थियो । त्यसलगत्तै बेलायतबाट अन्य देशहरूमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरूमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

नयाँ प्रकारको कोरोना देखिएका ८ देशको पहिचान भएको बताए पनि उनले देशहरूको नाम भने उल्लेख नगरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कतिपय देशले भने कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको उद्घोष गरिसकेका छन् । बेलायतसँग सीमा जोडिएको फ्रान्सले शनिबार त्यसको पुष्टि गरेको हो । फ्रान्सेली स्वास्थ्य मन्त्रालयले डिसेम्बर १९ मा बेलायतका राजधानी लन्डनबाट फ्रान्स आएका आफ्ना नागरिकमा त्यस्तो भाइरस देखिएको जनाएको हो । उनलाई डिसेम्बर २१ मा भाइरस पुष्टि भएको हो । मन्त्रालयका अनुसार कुनै लक्षण नदेखिएका उनले आफ्नै घरमा आराम गरिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि सीमा बन्द गरेको फ्रान्सले बुधबार नागरिकलाई यात्रा गर्न खुला गरेको थियो । तर यात्रा गर्नुअघि भाइरस परीक्षणको नतिजा नेगेटिभ आउनुपर्ने जनाइएको थियो ।

त्यसैगरी, जापानले बेलायतबाट फर्केका ५ जना नागरिकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको शुक्रबार जनाएको थियो । त्यसका साथै डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्सले पनि नयाँ भाइरस देखिएको यसअघि नै पुष्टि गरिसकेका छन् ।

गतवर्षको अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले मार्चमा विश्वव्यापी महामारीका घोषणा गरेको थियो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभरि ७ करोड ९९ लाख ३४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । १७ लाख ५२ हजार ३ सय जनाको भाइरसका कारण मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड ८७ लाख जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ३ लाख ३० हजारभन्दा बढी छ ।

भाइरसका कारण प्रभावित हुने देशहरूको सूचीमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । विश्वविद्यालयका अनुसार भारतमा शनिबार साँझसम्म १ करोड १ लाख ७० हजार जनामा संक्रमण देखिइसकेको छ । त्यस्तै तेस्रो प्रभावित ब्राजिलमा संक्रमितको संख्या ७४ लाख ४८ हजारभन्दा बढी छ । भारतमा १ लाख ४७ हजार ३ सय तथा ब्राजिलमा १ लाख ९० हजार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिए । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।

उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गरे । “डब्लुएचओले सवै अवस्थालाई गम्भीरतापूर्वक नियालीरहेको छ,” निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ । नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ । हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरि सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १७ लाख ४७ हजार ७ सय ९० भन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित