एनआरएनए लक्जेम्बर्गकाे नेतृत्वमा हरि खत्री पुनः सर्वसम्मत

एनआरएनए लक्जेम्बर्गकाे नेतृत्वमा हरि खत्री पुनः सर्वसम्मत
युरोपनेपाली खबर २०७८ असार २८ आइतबार, 12-07-2021

 

युरोप । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी)  लक्जेम्बर्गको नेतृत्वमा पुनः हरि खत्री चयन भएका छन्।

हालै सम्पन्न अधिवेशनले २०२१–०२३ कार्यकालको लागि खत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबा६ बालकृष्ण सापकोटाआइसीसी सदस्यमा चुनिएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विष्व थापा र सह–सचिवमा युद्धबहादुर थापा चयन भएका छन्।

अधिवेशनले झलक बहादुर महतलाई प्रवक्ता, नवज्योत निउेरलाई युवा संयोजक र दुर्गा केसी थापालाई महिला संयोजकको जिम्मेवारी दिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित