बार्सिलोनाका स्टार तथा अर्जेन्टिनाका चर्चित अन्तरास्ट्रिय खेलाडी लियोनेल मेस्सीलाइ पीएसजीमा स्वागत गर्न आइफल टावरनै रिजर्भ गरिएको फ्रेन्च पत्रपत्रिकाहरुले बताएका छन्। मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजी मध्य एकमा जान लागिरहेका समाचार यसअघि नै आएका थिए । तर पछिल्लो समय उनि पीएसजीमा जान लागेको कुरा लगभग निश्चितनै देखिएको छ। हालै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई भित्र्याएको पीएसजीले मेस्सीका लागि वर्षौदेखि प्रयास गरिरहेको थियो ।
क्लबबाट बिदा हुन अघि (आज) आइतबार मेस्सीले पत्रकार सम्मेलनको आफ्ना भनाइहरु राख्दै बिदा भएका छन्। बोल्ने क्रममा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । कार्यक्रममा मेस्सी निकै बेर रोएका थिए । उनले क्याम्प नाउमा आफ्नो २१ वर्षे करियर अब समाप्त भएको घोषणा गरेका छन । ६ पटकका बालों दोर (ballon d’or) विजेताले अब नयाँ क्लबमा आफ्नो दक्षता पुस्टि गर्नु पर्ने भएको छ।
लिओनेल मेस्सीलाइ पिएसजीले २ बर्ष लागि लिने र एक बर्ष विकल्प (Option) मा राख्ने कुरा बाहिर आएको छ। २०२४ मा ओलम्पिक आयोजना हुने भएकोले पनि पेरिसले ठुलो रकम खर्च गरेर खेलकुदमा भव्यताका साथ आकर्षण थप गर्न लागेको बताइएको छ ।
FOUNDER/CHIEF EDITOR :