झापा विद्रोहको एउटा मिथक कामरेड घनेद्र बस्नेत घर फर्कनुहोस्

झापा विद्रोहको एउटा मिथक कामरेड घनेद्र बस्नेत घर फर्कनुहोस्
युरोपनेपाली खबर २०७८ भदौ २१ सोमबार, 06-09-2021

  

राजेन्द्र थापा, खाँदबारी, संखुवासभा ।

किशोर वयमा नै जेल पर्नु भो । करिब १५ बर्षपछि रिहा हुनु भो ।  कुलुङ काम्लेटार उत्तरी अरुण उपत्यकाको सानो तर सुदृढ कम्युनिस्ट किल्ला जस्तो बनिएको हो, पन्चायतकाल देखि नै । त्यहाँ पहिले देखि नै भिम बस्नेत, रै बहादुर बस्नेत, मुरारी खतिवडा लगायतका नेता कार्यकर्ता  भूमिगत  कार्यकर्ता थिए । पछि रिहा भएर २०४८ को पहिलो चुनावमा संखुवासभाको २ नम्बर क्षेत्रमा उठाइयो र बिजय हुनु भो । संखुवासभाको पार्टी सचिव पनि हुनुभो। तर पछि भोजपुर सर्नु भो । जित्नु भो ।  तर किन पहिलो चुनावमा भोजपुर जान सक्नु भएन ? किन भोजपुरमा निरन्तरता दिन सक्नुभएन ? यसको मूल कारण यहाँको जातीय राजनीति हो । ती मान्छेहरु अहिले तपाईं संगै होलान । 

तपाईं सोझो र सरिफ मान्छे हो । झापा बिरासत र बिचार भन्दा बाहिरका माधव नेपालसंग अहिले कसरी केमेष्ट्री मिल्यो ? तपाईंको सोझोपन र उत्तेजना हो सायद । त्यहाँका अरु बस्नेत परिवार र तपाईंका नाता सम्बन्धिको योगदान पनि ठूलो छ । कम्युनिस्ट आन्दोलन फैलिनमा त्यता । तर आफ्नै कतिपय सीमाका कारण प्रभावकारी हस्तक्षेप गर्न सक्नुभएन । वहाँहरु उत्तरी भोजपुरको, पार्टी र पारिवारिक जम्मै सम्बन्ध र सम्पर्क जति संखुवासभामा । 

भोजपुरको जातीय राजनीतिमा पनि टिक्न नसक्ने,  यता संखुवासभाको भेगिय राजनीतिमा पनि गाह्रो । अन्तत तपाईंहरु मोरङ तिर झर्नु भो सबै मुरारी खतिवडा बाहेक । मुरारी चै संखुवासभामा संघर्ष गरेर नै बस्नु भो । अहिले खाँदबारी नपाको मेयरका साथै प्रतिष्ठित नेता पनि हुनुहुन्छ । संखुवासभाले संझिरहने र पर्ने नेता भीम बस्नेत हो । वहाँ प्रदेश सदस्य हुनुहुन्थ्यो । तर शिक्षण पेशाका कारण आफ्नै सीमाबन्दी भए क्यार । 

घनेन्द्र पार्टी केस हुनुहुन्थ्यो । पार्टीले अरु मौका पनि दिएकै थियो जस्तो लाग्छ । आयोगहरुमा । झापा आन्दोलन, जेल जीवनबारे केपीले बाहेक माधव नेपालले न्याय गर्न सक्छन ? कतिपय आफ्नै सीमा पनि हुन्छन् व्यक्तिका । तर पार्टी जसलाई आफैले बनाएको छोडेर अहिले जाबो इन्चार्ज खोज्दै, समात्दै यो बेला भौतारिनु व्यक्तिगत तुष्टिकालागि इतिहासको कालो न बोकेको भएपनि हुन्थ्यो जस्तो लाग्ने । हामी त तिनै आन्दोलनको इतिहास खोज्ने,लेख्ने मान्छे हौं । कुन बिचार, सिद्धान्त, निष्ठा, नैतिकताका कारण यत्रो पार्टी घनेन्द्र बस्नेतले छोडे ? त्यसको  इतिहास कसरी लेख्ने । 

तैपनि तपाईं जेलबाट छुटेर चन्दनपुर आउँदा  किशोर वयमा कुदेर भेट्न पुगेको, जेल ब्रेकको कहानी सुनाइ मागेको, सिपी मैनाली र घनेन्द्र जेलबाट छुटेर चैनपुर प्रेम शाक्यको घर अगाडि भएको आमसभामा खुकुरी भिरेर घनेन्द्रको पछि दगुर्दै नेताको सुरक्षामा हिँडेको देखि लिएर अस्ति बिर्तामोडको भेलामा संगै फोटो खिचाएको   त्यो  मेरो आत्माको झापाली तारालाई शुभकामना होइन, पार्टीमा फर्किन आव्हान गर्छु । त्यो लोभी पापीको जत्था हो,जो झापा आन्दोलनलाई दुत्कार्ने बैचारिक पृष्ठभुमिको हो भन्ने मेरो अध्ययन छ । अरु बढी त तपाइलाई नै थाहा होला । प्रचण्ड संग मिसिएपछि झन थाहा पाउनुहुन्छ । 

तपाईं संग भएको त्यो ऐतिहासिक जुझारु टिमलाई इतिहासको गतिमा नै बाँच्न दिनुहोस । यो तपाईं अहिले लागेको पार्टी  जति राम्रो भए पनि तपाईहरुको ऐतिहासिक योगदान माथिको कलंङ्क नै हो ।  

काम्लेटारको कम्युनिस्टले नै हामीलाई लिन होइन, दिन मात्रै सिकाएको छ । हाम्रो पनि स्कुल हो त्यो । त्यसको इतिहास मेट्नुहुन्न । अहिले पनि पारि फर्केर हेर्दा कैयन झिल्का दिमागमा उठ्छन । खासगरी भिम बस्नेतको सान्निध्यताका कारण । भात त कुकुरले पनि खान्छ । तर घनेन्द्र बस्नेत जो नेपालको झापा बामपंथी आन्दोलनको एक मिथक हो, त्यसलाई कुरुप नबनाउन नै मेरो अनुरोध छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित