जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा युवराज पन्थीको उम्मेदवारी घोषणा, यस्तो छ राजनैतिक इतिहास र प्रतिबद्धता

जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा युवराज पन्थीको उम्मेदवारी घोषणा, यस्तो छ राजनैतिक इतिहास र प्रतिबद्धता
युरोपनेपाली खबर २०७८ असोज १३ बुधबार, 29-09-2021


लिस्बन, पोर्चुगल । नेपाली जनसम्पर्क समिति पोर्चुगलको छैटौं अधिवेशनका लागि  सभापतिमा युवराज पन्थीले  उम्मेदवारी घोषणा छन् । नेपाली काँग्रेसमा चालीस बर्ष लामो राजनैतिक इतिहास बोकेका पन्थी प्रवासमा आएर पनि जनसम्पर्क समितिहरुमा एकदसक लामो अनुभव हासिल गरिसकेका छन् ।

प्रखर वक्ता, तार्किक, बौद्धिक र सालिन स्वभावका पन्थी पोर्चुगलमा एकजना  सामाजिक व्यक्तित्वको रूपमा पनि सुपरिचित छन् । उनले सामाजिक संजाल फेसबुकमा आफ्नो राजनैतिक इतिहास र प्रतिबद्धता सहित सभापतिमा उम्मेदवारीघोषणा गरेका छन् ।

हेरौं पन्थीको घोषणा जस्ताको तस्तै :

नेपाली जनसमपर्क समीती पोर्चुगल संग सम्बद्ध आदर्णीय अग्रज दाजुभाई दिदिबहिनी साथै जसस पोर्चुगल लाई नियाल्नुहुने सम्पूर्ण नेपाली बुवाआमा , दाजुभाई दिदिबहिनीमा जयनेपाल !

आगामी छैठौं अधिवेशन को संघारमा जुटेका हामी जसस पोर्चुगललाई असल , सक्षम ,सामुहिक पहुँच र प्रभाव मुखि वनाउँदै , आर्थिक रुपमा अझ सबल पारदर्शि र नैतिक रुपमा थप उत्तरदायी एवं क्रियाशिल बनाउनु छ ।

हाम्रो संगठन बिश्वभरका जससहरू माझ नमुना बनाउनुका साथै सबैको साथि र सारथी बन्न सकोस जस्का कारण संगठन प्रति आकर्षण बढोस वितृष्णा हटोस सबैमा उत्साह जोसजाँगर थपियोस ।

त्यसैले यि र यस्तै उदेस्य सहित थप बुँदाहरु घोषणा पत्र मा प्रस्तुत गर्ने गरि यसपाली यस नेजसस पोर्चुगल को सभापति (अध्यक्ष ) पदमा उमेदवारी दिने घोषणा गर्दै सबै नेजसस संग सम्वद्ध सम्पूर्ण साथीहरु मा विनम्रता साथ हार्दिकता पूर्वक जानकारी गराउन चाहान्छु । 

म गुल्मी जिल्लाको धुर्कोट गाँउपालिका बस्तुमा जन्मिएर त्यहि माटोबाट २०३६ सालको जनमत संग्रहदेखि प्रवासी भूमि पोर्चुगल सम्म आइपुग्दा राजनितिमा मेरो अनुभव, योग्यता, क्षमता सहित आबद्वता रहि निम्न समयमा यी पदहरूमा रही काम गरेको छु ।

१. २०३६ सालको जनमत संग्रहबाट बाल कार्यकर्ता भै आवद्वता जनाएको थिए । यो मेरो पंचायतकालिन समयको सुरूवातको राजनैतिक यात्रा थियो ।

२.नेबिसंघ जिल्ला कार्य समिति गुल्मी- कोषाध्यक्ष (२०३९-२०४१)    

३. जन आन्दोलनको पुर्व तयारीमा नेबिसंघ गुल्मीको तर्फबाट संलग्न भै १ महिना जेल । (२०४५ पुष )

 ४. जनआन्दोलन २०४६ मा ग़ुल्मी जिल्लाको तर्फबाट नेबिसंघको नेतृत्व गर्दै सशक्त भूमिका निर्वाह ।                                                ५. बस्तु गाउ बिकास समिति गुल्मीको २०५४ सालको निर्वाचित उपाध्यक्ष ।                      ६. दोस्रो जन आन्दोलन २०६२/०६३ मा काठमाडौमा संलग्न ।                                  ७. गुल्मी जिल्लाको बिकासमा सेवा पुराउने हेतुले लागु गरिएको सामाजिक पुर्वधार निति कार्यक्रममा २०६६/२०६७ मा सहभागी 

८. नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको कोषाध्यक्ष -२०६८/२०६९ ।

९. नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यसमिति सदस्य - २०१५-२०१८ 

१०. नेपाली जनसम्पर्क समिति पोर्चुगलको ( २०१८-२०२०)कार्यकालको उपबिजेता- उपाध्यक्ष ।                                            ११. नेजसस पोर्चुगल २०१८ संशोधित बिधान समितिको सदस्य 

१२.गुल्मी समाज पोर्चुगल- संस्थापक अध्यक्ष ।

मेरो सक्रियता: 

नेपाली कॉग्रेस पार्टीको लामो इतिहासिक संघर्ष  पश्चात प्रजातन्त्र प्राप्तिका लागि भएको सशक्त जनआन्दोलन २०४६ पछि नेपाली कॉग्रेस पार्टीका शिर्ष नेताहरूको निर्णयबाट  पार्टी संगठनमा आस्था, बिचार र बिश्वास बोकेर लाग्नेहरूलाई एकिकृत गर्दै  जोड्नुपर्छ भनेर पार्टीमा पार्टी सदस्य स्वरूप क्रियासिल सदस्यता बितरण गर्न सुरू गरेदेखि आजसम्म निरन्तर क्रियासिल सदस्य भै पार्टीको निति नियम, बिधी बिधान र मुल्यामान्यतालाई आत्मसाथ गर्दै आइरहेको छु । म नेपाली कॉग्रेसको मुलमर्म, मान्यता र नितिगत रूपमा अडिग रही जनसम्पर्क समितिमा आबद्व रहदै आजसम्म हजूरहरू समक्ष उपस्थित छु ।

यतिबेला नेपाली काग्रेसको राष्ट्रीय राजनितीमा नेतृत्व परिवर्तनका निमित्त १४ औ महाधिबेशन हुने मिति तय भै स्थानीय तहका वडा र पालिकाहरूमा समेत अधिबेशन हुदै गरेको छ । नेपाली कॉग्रेस पार्टीका बिभिन्न तह र निकायहरूमा समेत अधिबेशनको माहौल बढ्दै गैरहेको छ । पार्टीको प्रवासमा रहेका भातृसस्था जनसम्पर्क समितिहरूमा पनि अधिवेशनको लहर देखिएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलमा पनि छैटौ अधिबेशन गर्ने प्रस्तावित मिति तय भएकोले यस पटक हुने अधिवेशनमा म आफूले जनसम्पर्क समिति पोर्चुगलको नेतृत्वका लागि सभापति पदमा उमेदवारी दिने घोषणा गरेको छु । संवाद, सहकार्य र सहमती आजको आवश्यकता हो तर फेरि पनि प्रक्रियाको अन्तिम बिकल्प चुनाब हो । यदि सहमति हुन सकेन भने म चुनाबी मैदानबाट पनि पछि नहट्ने प्रतिबद्वता जनाउदछु । सम्पुर्ण पोर्चुगलबासी आमाबुवा, दाजुभाई, दिदी बैनी, पार्टीप्रति प्रतिबद्व आदरनीय अग्रज बन्धु , नेपाली कॉग्रेसप्रति आस्था, बिचार र बिश्वास भरोसा गर्नुहुने साधारण  र क्रियासिल सदस्यहरूमा हार्दिक अनुरोध : म जनसम्पर्क समिति पोर्चुगलमा  सभापतिको उमेदबार हुदै गर्दा संगठनका निमित्त  मेरो केहि ठोस प्रतिबद्वताहरू छन :   

१) संवादबाट सहमति सहकार्य र एकतामा जोड

२) आत्मनिर्णय गर्ने क्षमता, अनुभव र योग्यताका आधारमा संगठनलाई नितिगत र प्रक्रियासम्मत संचालन गर्ने,                          ३) संगठनलाई सशक्त, सुदृढ़ र बलियो बनाउन सामूहिक नेतृत्वमा जोड ।

४) संगठनमा बिगतको अनुभव, योग्यता र क्षमताका आधारमा आत्मनिर्णय गर्न सक्ने ।

५) राजनितिक एजेन्डाहरूमा  सॉगठानिक तवरबाट सैद्वान्तिक बहस गर्ने ।

६) संगठनमा सबैको अपनत्व बोध गराउन- सम्पुर्ण आस्थावान सक्रिय सदस्यहरू, बौद्विक ब्यक्तित्व, पेशा ब्यवसायी र समाजसेवीहरूसंग परामर्श र छलफल पश्चात् अघि बढ्ने । 

७) संगठनमा स्थापना समयदेखि निरन्तर लागिरहनु हुने सबै अग्रजहरूलाई आदर, सत्कार र  सम्मान गर्ने ।

८) नेपाली कॉग्रेस पार्टी र नेपाली जनसम्पर्क समिति बिचको सम्बन्धलाई अझ सशक्त र प्रभावकारी बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने ।

९) संगठनमा कामका आधारमा कार्यक्षमताको मुल्यॉकन गर्दै बिभेद र निषेधको राजनिति बिरूद्व नितिगत रूपमा एकबद्व हुने ।

१०) बिदेशमा रहेका हरेक जसस लगायतका पार्टीका निकायहरूसंग  समन्वय गरी आपसी सम्बन्धलाई प्रगाढ़ बनाउने ।

११) कार्यालय स्थापना गरि नियमित संचालन र नव आगन्तुकको सहयोगको लागि हेल्प डेस्क को स्थापना ।

१२) प्रभावकारी लेबी संकलन पारदर्शी संचालन ।

मेरो नेतृत्वमा जससम्पर्क बन्ने  वातावरण बनेमा पोर्चुगलमा रहेका हरेक संघसस्थाहरूसंग आपसी सदभाव, मितब्यीय र करूणा भावका साथ मिलेर काम गर्नेछु ! समाजमा बढदै गएको असहज बातावरणलाई छलफल र परामर्यसमा हजूरहरूको सरसल्लाह, राय सुझाव र परामर्श मेरा लागि मार्गनिर्देश बन्ने छ, त्यसैले मलाई यस पटक काम गर्ने अवसरका लागि हजूरहरूबाट अमुल्य मतको अपेक्षा गर्दछु! जय नेपाल ! जय काँग्रेस !

अन्त्यमा यि र यस्तै संगठन को साख र संगठनमा जोडिएका सम्पूर्ण को प्रतिस्ठामा दाग लाग्न न दिन सके राम्रो गर्ने छु नसके नराम्रो पक्कैपनि गर्ने छैन भन्ने बिश्वाश दिलाउन चाहान्छु  ।

धन्यवाद ! जयनेपाल !

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित