एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेद्धारा भलिवल प्रतियोगिताको उद्घाटन, १३ टोली प्रतिस्पर्धामा

एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेद्धारा भलिवल प्रतियोगिताको उद्घाटन, १३ टोली प्रतिस्पर्धामा
युरोपनेपाली खबर २०७८ असोज २३ शनिबार, 09-10-2021


अलेन्तेजु । गैरआवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेले आज अलेन्तेजोस्थित साउमिगलमा नेपाली एकता समाजद्धारा आयोजित मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उद्घाटन गरेका छन्   । सो अवसरमा उनले  प्रवासमा आयोजना गरिने खेलकुद प्रतियोतिाले खेलकुदको विकाससँगै आपसी मित्रता बढ्ने बताएका छन । 

निवर्तमान अध्यक्ष गैरेले प्रवासमा रहेका नेपाली दाजुभाईबीच आपसी मित्रता बढाउन भलिवल प्रतियोगिता उपयोगी  भएको बताएका छन । उनले दशैंको अवसर पारी आयोजना गरिएको खेलकुद प्रतियोगिताले रोजगारीको सिलसिलामा विदेशीएका दाजुभाई तथा दिदी बहिनीहरुबीच भेटघाट तथा मित्रताको विकासमा टेवा पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गैरेले प्रवासमा रहेर पनि खेलकुदको विकासमा ध्यानमा दिएको भन्दै आयोजकको प्रशंसा गरेका छन । ‘कामले मात्रै हामीलाई शारीरिक कसरत पुग्दैन । हामीले बेला बेलामा विभिन्न प्रकारका खेलकुदको आयोजना गर्नुपर्छ ।’ उनले भने, ‘सबै नेपाली मिलेर आपसी भाइचाराबीचको सम्बन्धलाई बलियो बनाउँदै हरेक काममा एक भएर अघि बढ्नुपर्दछ ।’

उनले एनआरएनए पोर्चुगलले केही समय अघि बेल्जियमको एन्ट्रोपियनमा संचालन भएको युरोपस्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा समेत युवा खेलाडीहरुलाई पठाएको भन्दै सो कार्यको उच्च प्रशंसा समेत गरेका थिए । उनले आगामी दिनमा युरोपको जुनसुकै स्थानमा भएको भलिवल, फुटवल लगायतका प्रतियोगितामा सहभागिता जनाउन सक्ने गरी खेलकुदको विकास गर्नुपर्नेमा जोड दिए ।


शनिबारदेखि सुरु भएको भलिवल प्रतियोगितामा कुल १३ वटा टिमले सहभागिता जनाएका छन । समाजका अध्यक्ष रुपेश रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अलेन्तेजो क्षेत्रिय समितिका अध्यक्ष प्रकाश पौडेल, एनआरएनए अलेन्तेजो क्षेत्रिय समितिका अध्यक्ष काशीराम बनसन्यासी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, खेलाडी, खेलकुदप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

समाजका महासचिव रविन्द्र अधिकारीले सहजिकरण गरेको कार्यक्रममा खेलकुद संयोजक विकास पुनले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको बारेमा संयोजक विराज खत्रीले प्रकाश पारेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित