लिस्वन । अलेन्तेजोस्थित साउमिगलमा भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधि मगर समाज पोर्चुगलले जितेको छ । प्रथम स्थान हासिल गरेको समाजले नगद एक हजार युरो, मेडल र प्रमाणपत्र हात पारेको हो ।
यस्तै प्रतियोगितामा आयोजक टिम नेपाली एकता समाज अलेन्तेजो दोस्रो भएको छ । सो टिमले नगद पाँच सय युरो, मेडल र प्रमाण पत्र पाएको छ ।
विजेता टिमलाई गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा विजयी खेलाडी र अन्य प्रतिस्पर्धीलाई बधाई दिदैं उनले आगामी दिनमा पनि खेलकुदको आयोजना गर्न आग्रह गरेका छन ।
प्रतियोगितामा कुल १३ वटा टिम सहभागी थिए ।
FOUNDER/CHIEF EDITOR :