युरोपनेपाली खबर । निर्वाचन ताकाका अनेकौं उल्झन, हन्डर र रडाको पार गरेर सन् २०१९ को सेप्टेम्बरमा निर्वाचित भएतापनि उनको नेतृत्वको कार्यसमितिले पुरानो कार्यसमितिबाट एनआरएनए युकेको बैंक खातापाताको जिम्मा जनवरी १९, २०१९ मा लिंदा झण्डै २६ हजार पाउण्ड घाटा थियो ।
"भनिन्छ नी किफायती घरखर्च चलाउन पर्यो भने महिलालाई जिम्मा दिनु" भने झैं यसरी हजारौं घाटाको बैंक खाताको एकाउन्ट बुझेकी एनआरएनए युकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले ठिक दुई नपुग्दै त्यही संस्थाकोको बैंक खाताको एकाउन्टमा झण्डै सवा दुई लाख पौण्ड अर्थात तीन करोड ५० लाख रुपैया बराबरको बचत पुर्याएर नयाँ कार्यसमितिलाई २३ अक्टोबरमा एक कार्यक्रम बीच हस्तान्तरण गरेकी छन् ।