प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै
युरोपनेपाली खबर २०७८ कार्तिक ११ बिहीबार, 28-10-2021


प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।

ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औंसम्मेलनमा सहभागी हुने क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता हुने भएको हो । प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दैछन् ।

सम्मेलनका क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता तय भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित