पोल्याण्ड-बेलारुस सिमानामा आप्रवासी संकट गहिरिदै, रुसले दुई युद्ध विमान बेलारुस पठायो

पोल्याण्ड-बेलारुस सिमानामा आप्रवासी संकट गहिरिदै, रुसले दुई युद्ध विमान बेलारुस पठायो
युरोपनेपाली खबर २०७८ कार्तिक २५ बिहीबार, 11-11-2021

इराक, अफगानिस्तान लगायत देश बाट अवैध आप्रवासी ल्याएर बेलारुसले पोल्याण्डको सिमानामा थुपारेको महिनौ भईसक्यो।  बेलारुस र पोल्याण्ड बीच आप्रवासी संकटले गर्दा सम्बन्ध निकै तनावग्रस्त बनेको छ। 

अवैध आप्रवासीले पोल्याण्डको सिमाना पार गर्न खोज्दा पोल्याण्डका सिमा रक्षकहरुले प्रतिकार गरिरहेका छन् । बेलारुसले राजनैतिक प्रतिशोध लिनकै लागि युरोपेली संघ माथि आप्रवासी संकट थुपार्न खोजेको संघको बुझाई छ। तर बेलारुसले भने मानविय संवेदना भुलेर युरोपेली संघ र पोल्याण्डले आप्रवासीलाई जबर्जस्ति कठ्याँग्रिदो (माईनस तापक्रम ) चिसोमा राखेको आरोप लगाएको छ। 

यता बेलारुसको सहयोगी देश रुसले आज पोल्याण्डको स्वतन्त्रताकै दिन बेलारुसलाई दुई युद्ध पोत विमान पठाएर गुण लगाएको छ । समाचार एजेन्सी एपीका अनुसार रसियाले टि यु  २२ एम ३ नामक दुई युद्ध पोत विमान बेलारुस पठाएको जनाएको छ । पोल्याण्डका प्रधानमन्त्री मथिउज मोराभिच्कीले सिमाना जारि आप्रवासी संकटको योजना मस्कोमा बनेको बताएको भोलि पल्टै रसियाले युद्द पोत विमान बेलारुस पठाएको हो। 

रसियाले पठाएको युद्धक  विमानले के काम गर्छ ?

रसियाले बेलारुसलाई पठाएको  यो अत्याधुनिक बमवार्ड विमान हो । यो विमानले न्युक्लियर बम बोकेर हवाई हमला गर्ने क्षमता राख्ने गर्दछ । यस्तो संयुक्त सैन्य अभ्यास बेलाबखत हुने गरेको बेलारुसको रक्षा मन्त्रालयले बताएको छ तर पोल्याण्डको सिमामा आप्रवासी संकट गहिरिएको बेलामा रसियाले अत्याधुनिक बमबार्ड प्लेन पठाउनुले बेलारुसले  युद्धको चेतावनी दिएको बताईएको छ। रसियाले पठाएको दुई ठुला बमवार्ड विमानले लामो दुरी सम्म न्युक्लिएर बम सम्म प्रहार गर्ने क्षमता राख्दछ । यो विमान सिरियाको गृह युद्धका क्रममा रसियाले प्रयोग गरेको बताईएको छ। 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित