के हो सर्वहारा वर्ग, कस्तो छ ऐतिहासिक विकास ?

के हो सर्वहारा वर्ग, कस्तो छ ऐतिहासिक विकास ?
युरोपनेपाली खबर २०७८ कार्तिक २५ बिहीबार, 11-11-2021


-डेभिड रियाजानोव

-वर्तमान समयमा सर्वहारा भन्नाले त्यो व्यक्तिलाई जनाइन्छ जसको जिविकोपार्जनको एक मात्र साधन आफ्नो श्रम शक्तिको विक्री हुन्छ । ल्याटिन भाषाको शब्द 'प्रोलेटारियस'(proletarius, पहिलो प्रयोग (१८४७)को मुल अर्थ भने यहि थिएन। प्राचिन समयको रोममा प्रोलेटारियस(proletarius) शब्दको प्रयोग उक्त व्यक्तिको लागि गर्ने गरिन्थ्यो जसको सम्पती उसका वंशज वा उसका सन्तानहरु (प्रोलेस, proles) मात्र हुने गर्दथे । 

शुरुमा सर्वहारा (जो रोमको आबादीको निर्धनतम वर्ग थियो)लाई सैनिक सेवा र कर भुक्तानीबाट मुक्त गरिएको थियो । पछि सर्वहारालाई सेनामा भर्ति गर्न शुरु गरियो । जसको भरणपोषण राज्यले गर्ने गर्दथ्यो । गृह युद्धको दौरानमा जब किसान समुदाय संकटमा पर्यो तथा रोमन साम्राज्यको अधिनमा गयो तब सर्वहारा वर्ग सेनाको केन्द्र बन्यो । शान्तिको समयमा सैनिकहरुको यो समुहको भरणापोषण राज्यले गर्ने गर्दथ्यो तथा उनीहरुलाई नियमित रासन दिने गरिन्थ्यो ।

यसप्रकार नामको अलावा यो रोमन सर्वहारा र आजको भुमिहिन, आवसविहिन युरोपियन सर्वहारको विचमा अरु कुनै समानता छैन । हामिले यो कुराको पनि उपेक्षा गर्न हुँदैन जस्तो मार्क्सले भन्नुभएको छ “प्राचिन रोमनमा वर्ग संघर्ष स्वतन्त्र धनीहरु र स्वतन्त्र गरिबहरु अर्थात विशेषाधिकार प्राप्त अल्पसंख्यकहरुको दायरामा जारी रहेको थियो । दास वर्ग जो आबादीको ठुलो उत्पादक हिस्सा थियो, उक्त निष्क्रिय मंचको रुपमा काम गरिरहेको थियो, जसमाथी यो संघर्ष चलिरहेको थियो । मानिसहरु सिसमोन्दी (sismondi)को उल्लेखनिय भनाई विर्सिएका छन्, उनले भनेका थिए“रोमका सर्वहारा राज्यको खर्चमा बाँचेका थिए जव की आधुनिक समाज सर्वहाराको खर्चमा बाँचेको हुन्छ ।" (कार्ल काक्र्स लुई बोनापार्टको १८औ ब्रुमेयर) 

ज्यालादारी मजदुरहरुलाई जनाउने अर्थमा सर्वहारा शब्दको व्यापक प्रयोग उन्नाइसौं शताब्दीको पहिलो अवधि भन्दा अगाडि सुरु भएको थिएन । एंगेल्सले इग्ल्यान्डमा श्रमिक वर्गको जीवन स्थितिको सम्बन्धमा आफ्नो पुस्तकमा पहिलो पटक इग्ल्यान्डका सर्वहाराको १८४० सम्मको विस्तृत अध्ययन प्रस्तुत गरेका छन् । यो पुस्तकको मुल जर्मन संस्करणको प्रस्तावनामा एंगेल्सले बताएअनुसार उनले “शारीरिक श्रम गर्ने, श्रमजीवी, सम्पति–अधिकार रहित वर्ग र सर्वहारा ” शब्द एकै परिघटनालाई व्यक्त गर्नको लागि प्रयोग गरेका छन् ।

अर्काे ठाउँमा उनी लेख्छन“सर्वहारा समाजको त्यो वर्ग हो जो आफ्नो जीवन निर्वाहको लागि पूँजिवादबाट प्राप्त गरेको मुनाफामाथि होइन कि पूर्ण रुपमा आफ्नो श्रम (श्रमशक्ति) को विक्रीमा निर्भर गर्छ, उसको सुखःदुख, जीवन र मृत्यु , सम्पूर्ण अस्तित्व श्रम(श्रमशक्ति) को मागमा, कारोवारको राम्रो र खराव समय विच लत्रिएर(ति उतारचढावहरु वीच जो अनियन्त्रित प्रतिस्पर्धाको परिणाम हन्छन्) बस्ने अवस्थामा निर्भर गर्छ । संक्षेपमा सर्वहारा वा सर्वहारा वर्ग उन्नाइसौं सताब्दीको श्रमजीवी वर्ग हो । इंल्याण्डमा ज्यालादारी मजदुरहरु वा श्रमजीवीहरुको वर्ग चौधौं शताब्दीको दोस्रो खण्डमा अस्तित्वमा आएको थियो । एकसय पचास वर्षको दौरानमा जनसंख्याको निम्न तह यसमा सहभागी थिए ।

विस्तारै–विस्तारै यो वर्ग कालिगढहरू, शिल्पकारहरु र किसानहरुबाट अलग भयो र सामन्ती बन्धनहरुबाट मुक्त भयो । जहाँसम्म सामाजिक प्रतिष्ठाको प्रश्न छ, आफ्नो प्रादुर्भावको सुरुवाती दिनहरुबाट नै यो सर्वहारा वर्गको अन्य शिल्पहरु र कृषि कर्ममा लागेका मानिसहरुसँग विभेदिकरण धेरै कम थियो । तर जव जव पूँजिवाद विकसित हुँदै गयो सर्वहारा वर्गले आफ्नै विशेषता धारण गर्याे । सर्वहारा, स्वतन्त्र किसान र शिल्पकारहरु विच भिन्नता यो तथ्यमा के निहित हुन्छ भने सर्वहारा मजदुर श्रमको साधनहरुवाट बञ्चित हुन्छ । उसलाई आफ्ना लागि होइन(किसान र शिल्पकारको जस्तो) कि पूँजिको मालिकको लाभको लागि श्रम गर्नुपर्छ । उ आफुलाई र आफ्नो श्रमशक्तिलाई यसरी बेच्छ मानौ कि त्यो कुनै माल हो र यसको वदलामा ज्याला पाउछ । 

जव सम्म पूँजीवाद आफ्नो बाल्यकालमा थियो , जव सम्म ग्रामिण क्षेत्रमा सामन्ती अधिकारी र नगरहरुमा व्यापारिक निगम वित्तिय पूँजी र व्यापारिक पूँजीलाई औद्योगिक पूँजीमा रुपान्तरण गर्नमा बाधा गरिरह्यो, दमनात्मक कानुनहरुका बावजुत ज्यालादारी मजदुर सर्वहारा पूँजी संचयको परिणाम स्वरुप आफ्नो श्रमको बढ्दो मागको पूर्ण रुपमा लाभ उठाइरहे र चर्चसँग जोडिएको सम्पतिको लुट, राज्यको सम्पतीको वितरण र सामूहिक श्रमिकको व्यापक बार बन्देज भयो जसले लाखौ किसानहरुलाई जिविकाबाट बन्चित गरिदियो तथा राजमार्गहरु, गल्लिहरुमा कामको खोजीमा डुल्नलाई व्यर्थमा बाध्य बनायो । यसले गर्दा मजदुरको अवश्था अकस्मात बिग्रियो । उत्पादनको वृद्धिले स्वतन्त्र उद्यम खडा गर्नको लागि अत्यन्त आवश्यक पूँजी संचयले ज्यालादारी मजदुरको स्वयं मालिक बन्ने आशाहरुलाई भत्काइदियो –किनकी स्वतन्त्र शिल्पहरुको स्थान पनि पूँजिवादी उद्यमहरुले लिदै गएका थिए । यो सहि हो कि उत्पादन उद्योगको केवल विस्तारै–विस्तारै (शताब्दीको दोस्रो खण्डबाट लिएर अठारौ शताब्दीको दोस्रो खण्ड सम्म लगभग सय वर्ष बढ्दो दौरान ) नगर क्षेत्रको उत्पादन र ग्रामिण उत्पादनमाथि नियन्त्रण स्थापित गर्न सकेको थियो तर कालिगढ र घरेलु नोकरहरु आउने जसले गर्दा सर्वहाराको पंक्तिमा लगातार वृद्धि भै रहेको थियो । 

यि सवै नयाँ घटनाहरुको वावजुत वर्गको रुपमा सर्वहाराको विभेदीकरण तिव्र भईरेको थियो । नगरका शिल्पकार र ग्रामिण घरेलु नोकर पूर्ण रुपमा तब गायव भए जब मेशिनबाट ठुलो मात्रामा उत्पादन सुरु भयो । ति विभिन्न खण्डमा सर्वहाराको पंक्तिमा फ्याकिदियो र यस प्रकार तीनको पहिलेको अवस्थामा फर्किने संम्भावना अन्त्य भयो । ठुलो मात्रामा मेशिनबाट उत्पादनको सुरुवातले यस्ता व्यक्तिहरुको जन्म दियो जो बजारमा आफ्नो छाला वेच्न आफै जान्थे र रोजगारको खोजीमा आफ्नो शरीरलाई प्रतिस्पर्धाको चक्रमा शामिल गर्थे । 

एंगेल्सले भन्छन,“आधुनिक वुर्जुवा समाजको प्रधान लक्षण सवैको सवैका विरुद्धको लडाँइ हो जसको सर्वाधिक पूर्ण अभिव्यक्ति प्रतिस्पर्धा शव्दवाट हुन्छ । यो युद्ध जीवनको लागि, अस्तित्वको लागि, प्रत्येक चिजको लागि लडिन्छ र आवश्यक पर्याे भने मृत्युसम्म जानु पर्छ । यो युद्ध समाजका विभिन्न वर्गहरुका विच मात्र नभइ यो वर्गको अलग–अलग सदस्यहरुका बिच पनि छेडिन्छ । 

हरेक मान्छे दोस्रो मान्छेको बाटोको ढुंगा हुन्छ । यसकारण हरेक मान्छे दोस्रो मान्छेलाई आफ्नो बाटोवाट हटाउने र उसको स्थान लिने कोशिस गर्छ । मजदुर एक–दोस्रोसँग ठिक त्यहि तरिकाबाट प्रतिस्पर्धा गर्छ जुन तरिकाबाट एउटा वुर्जुवा अर्काे वुर्जुवासँग प्रतिस्पर्धा गर्छ ।यन्त्रबाट संचालित तान, हाते तान, रोजगार दाता र धेरै ज्याला पाउने साथीसँग प्रतिस्पर्धा गर्छन् र उनिहरुको स्थान लिन चाहन्छन् । जहाँसम्म मजदुरहरुको सवाल छ यो प्रतिस्पर्धा विद्यमान परिस्थितीको निक्रिष्टतम पक्ष हो किनकी यही नै सवैभन्दा असरदार हतियार हो, जो वूर्जुवा वर्गले सर्वहारा वर्गको विरुद्धमा प्रयोग गर्छ ।" (एंगेल्स, द कन्डिसन अफ वर्किङ कलास अफ इग्ल्याण्ड, 1845)

(कम्युनिष्ट घोषणापत्रमाथि डेविड रियाजानोवको व्याख्यात्मक टिप्पणीको अनुदित र सम्पादित अंश)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित