एमालेको १० औं महाधिवेशन : युरोपबाट ५ जना प्रतिनिधि छानिदै, यस्तो कार्यतालिका

एमालेको १० औं महाधिवेशन : युरोपबाट ५ जना प्रतिनिधि छानिदै, यस्तो कार्यतालिका
युरोपनेपाली खबर २०७८ कार्तिक २५ बिहीबार, 11-11-2021


लिस्बन, पोर्चुगल । नेकपा एमाले निकट प्रवासी नेपाली मंच युरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा २ महिला सहित ५ जना प्रतिनिधि छानिने भएको छन् । विगतमा हरेक देशबाट एक एक जना र बेलायत तथा बेल्जियमबाट एक महिलासहित दुई दु्ई जना प्रतिनिधि छानिने गरेकोमा १० औं महाधिवेशनमा ५ जना मात्र छानिने भएका हुन् । महाधिवेशनमा दुई महिलासहित ५ जना छानिने छन् । प्रवासको महादेशिय कमिटीलाई ५ जना मात्र प्रतिनिधि संख्या दिइएकोमा गुनासो जनाइएको छ । 

 एमाले अन्तरराष्ट्रिय प्रवास कमिटिले १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको कार्यतालिका र अधिकृतको विवरण सार्वजनिक गरेको सुचनामा युरोपमा निर्वाचन हुने उल्लेख छ । १० नोभेम्बरमा जारी गरिएको सुचनामा निर्वाचन कार्यतालिकामा युरोपलाई एकै क्षेत्रमा राख्दै युरोपको निर्वाचन गराउन हङकङका भक्त गुरुङलाई जिम्मा दिइएको छ । 

निर्वाचन आयुक्त  भक्त गुरुङले बुधबार जारी गरेको निर्वाचन कार्यतालिकामा अनुसार बिहीबार नोभेम्बर ११ दिउँसो ३ बजे भित्र प्रथम नामावली प्रकाशन र ३ बजेपछि दावी विरोधको समय तोकिएको छ । नोभेम्बर १२ विहान ११ बजे अन्तिम नामावली प्रकाशन, दिउँसो १ बजे उम्मेदवारी दर्ता गरि बेलुकी ८ बजे अन्तिम उम्मेदवारी सुची प्रकाशन गर्ने समय तोकिएको छ । युरोपियन समय अनुसार विहान ११ मतदानको समय तोकिएको छ । सोही दिन राती ११ बजे नतिजा प्रकाशनको समय सीमा राखिएको छ । प्रवास कमिटिहरु मध्ये ओसियानाको निर्वाचन अधिकृतमा चानक पोख्रेल, एशिया प्यासिफिकमा प्रभुराम थापा, गल्फमा रमेश पाण्डे, युरोपमा भक्त गुरुङ, अमेरिकाका निर्वाचन अधिकृतमा डा.विमला भण्डारी र अन्तरराष्ट्रिय कमिटीको निर्वाचन अधिकृतमा डा. राजन भट्टराई छन । आगामी नोभेम्बर १६ विहान ११ बजे संगठन विभागमा प्रतिनिधि दर्ताको समय राखिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित