पोर्चुगलमा सेफको काम अब अर्कै निकायले गर्ने यस्तो छ नयाँ व्यवस्थापन

पोर्चुगलमा सेफको काम अब अर्कै निकायले गर्ने यस्तो छ नयाँ व्यवस्थापन
युरोपनेपाली खबर २०७८ कार्तिक ३० मंगलबार, 16-11-2021


लिस्बन । पाेर्चुगल सरकारले जनवरी दोश्रो सातादेखि सेफको काम अर्कै निकायबाट गर्ने भएको छ । हालै जारी नयाँ नियमसँगै आप्रबासी र सिमा हेर्ने जिम्मा अर्कैै निकायलाई दिइएको हो । अबदेखि आप्रबासी र सिमा हेर्ने निकाय सेफबाट हुँदै आएको सबै काम पोर्चुगिज एजेन्सी फर माइग्रेसन एण्ड एसाइलम र इन्स्टिच्युट अफ रेजिस्ट्रीज एण्ड नोटरीद्वारा हुने भएको छ ।

सेफले आगामी ११ जनवरीदेखि उसले गर्ने नियमित कामकाज बन्द गर्ने घोषणा समेत गरिसकेको छ । सेफले आप्रबासीहरुको अस्थायी तथा स्थायी बसोबास अनुमतिदेखि देश निकाला गर्ने जस्ता कामहरु गर्दै आएको थियो । सरकारको नयाँ नियमसँगै अब सेफले गर्दै आएको यि कामहरु पोर्चुगिज एजेन्सी फर माइग्रेसन एण्ड एसाइलम र इन्स्टिच्युट अफ रेजिस्ट्रीज एण्ड नोटरीले गर्ने भएका छन ।

पोर्चुगिज एजेन्सी फर माइग्रेसन एण्ड एसाइलमले आप्रवासी र शरणार्थी सम्बन्धी सार्वजनिक नीतिहरू लागू गर्ने, राष्ट्रिय क्षेत्रमा विदेशी नागरिकहरूको प्रवेश र बसाईलाई नियमित गर्ने, भिसा शरणार्थी बसोबासका लागि प्रकृया अगाडि बढाउने छ । उसले नयाँ कानूनअनुसार आगामी ६० दिनभित्र विशेष विशेषतासहितको प्रशासनिक सेवा प्रवाहका लागि आवश्यक योजना सम्बन्धित निकायले सरकारलाई बुझाउनुपर्नेछ ।

सेफको विघटनसँगै इन्स्टिच्युट अफ रेजिस्ट्रीज एण्ड नोटरीले योग्यताको स्थानान्तरणदेखि पोर्चुगलमा बसोबास अनुमतिपत्र र राहदानी जारी गर्ने विदेशी नागरिकहरूको लागि काम गर्नेछ ।

उता जिएनआर प्रहरीलाई समुन्द्री र भूमि सिमानाको निरीक्षण तथा नियन्त्रणको जिम्म दिइएको छ । जबरदस्ती हटाउने कार्वाही र विदेशी नागरिकहरुको न्यायिक निष्कासनको सन्दर्भमा जिएनआरएले काम गर्नेछ ।

यस्तै पिएसपीलाई विमानस्थलको सिमाना र क्रुज टर्मिनलहरूको निरीक्षण तथा नियन्त्रणको जिम्मा दिइएको छ । आफ्नो क्षेत्राधिकारभित्र विदेशी नागरिकहरूलाई जबरजस्ती हटाउने प्रक्रिया र न्यायिक निष्कासनको दायराभित्र रहेर उसले काम गर्नेछ ।

यता पीजेले भने गैरकानूनी अध्यागमनलाई सहयोग गर्ने अपराध, गैरकानूनी आप्रवासीलाई सहयोग गर्ने संघ, मानव बेचबिखन र यससँग सम्बन्धित अन्य अपराधहरूको अनुसन्धान गर्ने भएको छ ।

देश निकाला गर्ने अधिकार GNR लाई

अबदेखि आप्रवासीहरुलाई देश छाेड्न दिईने २० दिने सुचना तथा अन्य सन्दर्भमा देश निकाला गर्ने अधिकार GNR लाई दिईएकाे छ  ।

APMA ले भने आप्रवास र शरणार्थी सम्बन्धी सार्वजनिक नीतिहरू लागू गर्ने, अर्थात् राष्ट्रिय क्षेत्रमा विदेशी नागरिकहरूको प्रवेश र बसाइलाई नियमित गर्ने, भिसा शरणार्थी बसोबासका लागि प्रकृया अगाडि बढाउने छ ।

IRN मा योग्यताको स्थानान्तरण, पोर्चुगलमा बसोबास अनुमति पत्र तथा राहदानी जारी गर्ने तथा आप्रवासीहरुकाे सन्दर्भमा सम्पुर्ण कागजातकाे प्रकृया अगाडि बढाउने छ । साथै नविकरणकाे प्रकृयामा रहेका बसाेबास अनुमति प्रकृया पनि यसै मार्फत गरिने जनाईएकाे छ ।

उक्त मिति देखि सेफ मार्फत हुँदै आईरहेका विभिन्न काम कारवाहीहरु समेत विभिन्न निकायमा बाँडफाँड हुने भएकाे छ ।

साथै गैरकानूनी रूपमा पाेर्चुगल आउने, गैरकानूनी रूपमा आप्रवासीलाई सहयोग गर्ने संघ, मानव बेचबिखन र यससँग सम्बन्धित अन्य अपराधहरूको अनुसन्धानमा PJ ले गर्ने भएकाे छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित