बेलायतमा आत्मघाती आतंकवादीलाई ट्याक्सी ड्राइभरले गाडीमै थुनिदिए, विष्फोटमा आतंकवादी मात्रै मरे

बेलायतमा आत्मघाती आतंकवादीलाई ट्याक्सी ड्राइभरले गाडीमै थुनिदिए, विष्फोटमा आतंकवादी मात्रै मरे
युरोपनेपाली खबर २०७८ मंसीर १ बुधबार, 17-11-2021


बेलायतको लिभरपुलमा ट्याक्सी ड्राइभरको बहादुरीका कारण कैयौं मानिसहरुको ज्यान बचेको छ । यहाँ एक जना आतंकवादीले आत्मघाती बम विष्फोट गराएर धेरैको ज्यान लिने प्रयास गरेका थिए । तर, यी ट्याक्सी ड्राइभरले पहिल्यै शंका लागेपछि आत्मघाती बम आक्रमणकारीलाई आफ्नो ट्याक्सीभित्रै थुनिदिए ।

केही समयपछि ती आतंकवादीले बोकेको बम विष्फोट भयो । विष्फोटमा ट्याक्सी ध्वस्त भयो र आतंकवादी मरे तर अरु कसैको ज्यान गएन । यी ट्याक्सी ड्राइभरको नाम डेभिड पेरी हो । उनी घटनामा गम्भीर रुपले घाइते भएका छन् । घटनापछि ट्याक्सी ड्राइभर डेभिड पेरीलाई अस्पतालमा भर्ना गरियो जहाँ उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

त्यहाँका स्थानीयले पेरीको साहसको सम्मान गर्दै उनलाई ‘डेभिड पेरी द लिभरपुल हिरो’ भनेका छन् । स्थानीयका अनुसार डेभिडले अरुलाई बचाउनको लागि आफ्नो ज्यान जोखिममा पारेका थिए । उनले आतंकवादीलाई गाडीमै थानेपछि आफूले गाडीबाट हाम्फालेका थिए ।

डेभिड पेरीका साथी स्टिफन थोमसका अनुसार पेरीले यात्रीको संदिग्ध गतिविधि देखेपछि उनी कार लक गरेर बाहिर हाम्फालेका थिए । उनले अगाडि भने ‘संदिग्धले आफूलाई विष्फोट गराए तर मेरो साथी ठिक छन् । उनलाई केही चोट लागेका छन्, केही जलेका छन्, कानको जाली फुटेका छन् र केही छर्रा लागेका छन् तर उनी ठिक छन् ।’

आइतबार लिभरपुलमा एक महिला अस्पताल अगाडि विष्फोट भएको थियो । घटनामा एक जनाको मृत्यु भयो र एक जना घाइते भए । मर्ने आत्मघाती आक्रमणकारी हुन् र घाइते भएका ट्याक्सी चालक डेभिड पेरी हुन् ।

पुलिस अधिकारीहरुका अनुसार डेभिड पेरीलाई त्यतिबेला शंका लागेको थियो जब पहिले क्याथेड्रल जाने भनेका यात्रीले अचानक कुरा फेरेर महिला अस्पताल अगाडि रोक्न भनेका थिए । डेभिडले त्यो व्यक्तिको कपडामा प्रकाश देखे । ती व्यक्तिले त्यो प्रकाशसँग खेलवाड गरिरहेका थिए ।

लिभरपुल अस्पतालबाहिर पुग्नासाथ डेभिडले कार लक गरे र कारबाट बाहिर हाम्फाले । यसको केही बेरमा कारमा विष्फोट भयो । विष्फोटमा डेभिड पेरी घाइते भए । आत्मघाती आक्रमणकारी कारभित्रै थुनिएका थिए र विष्फोटमा मारिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित