एनआरएनएको निर्वाचन डिसेम्बर १५ मा

एनआरएनएको निर्वाचन डिसेम्बर १५ मा
युरोपनेपाली खबर २०७८ मंसीर ३ शुक्रबार, 19-11-2021


गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्बर १५ मा काठमाडौंमा हुने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गदैँ संघको नयाँ कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन गर्ने घोषण गरेका हुन् ।

१०औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा  गरिने विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ-

गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको  सर्वविदितै छ । 

विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएका छन् ।    

केहि समय अगाडि म समेत संलग्न भएको बार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको थियो । संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको थियो ।  

संघले प्रस्तुत गरेको मार्गचित्रमा माननीय मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा  १० औा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयाा कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।  महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई आजै बुझाईने छ ।  

संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्दछौा ।धन्यवाद  ।  

कुमार पन्त,   

अध्यक्ष,  गैरआवासीय नेपाली संघ   

१९ नोभेम्बर, २०२१ 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित