आइएलओ प्रोजेक्ट वैदेशिक रोजगारका श्रमिकहरुको उद्दार र व्यवस्थापनको लागि कोशेढुङ्गा : अध्यक्षका प्रत्यासी डा. बद्री केसी

आइएलओ प्रोजेक्ट वैदेशिक रोजगारका श्रमिकहरुको उद्दार र व्यवस्थापनको लागि कोशेढुङ्गा  : अध्यक्षका प्रत्यासी डा. बद्री केसी
युरोपनेपाली खबर २०७८ मंसीर ४ शनिबार, 20-11-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले आइएलओ  प्रोजेक्ट वैदेशिक रोजगारका श्रमिकहरुको व्यवस्थापन लागि कोशेढुङ्गा सावित भएको बताएका छन् । उनले यसमा एक रुपैयाँ पनि गडबड भएको प्रमाणित गरे आफुले एनआरएन अभियानबाटै सन्यास लिने घोषणा गरेका छन । आगामी डिसेम्बर १५ मा हुने एनआरएनएको १० औ अन्तरराष्ट्रिय महाधिवेशन निर्वाचनको तयारीमा जुटिरहेका टिम बद्रीले गरेको ककस २ भर्चुअल कार्यक्रममा बोल्दै उनले उक्त घोषणा गरेका हुन् ।

‘आइएलओको बिषयमा अनावश्यक र गलत समाचार लेख्न अनलाइनहरु कारवाहीका लागि समेत योग्य छैनन’ अध्यक्षका प्रत्यासी डा.केसीले भने । बैदेशिक रोजगारीमा अप्ठ्यारोमा पर्ने श्रमिकहरुका उद्दार गर्ने आइएलओको कार्यक्रम आगामी फ्रेबुअरीसम्म रहेको जनाउ उनले दिए । भर्चुअल जुम कार्यक्रममा बैदेशिक रोजगारमा पीडित भई एनआरएनएको आइएलओ प्रोजेक्टबाट उद्दार गरिएको आधा दर्जन व्यक्तिहरुले आफ्नो अवस्थाका बारेमा अनुभव शेयर गरेका थिए ।

मर्यादित र सुरक्षित बैदेशिक रोज़गार विशेषका रुपमा छलफल गरिएको ककस-२ मा मर्यादित एवं सम्मानित वैदेशिक रोजगार र एनआरएनएको भूमिका, वैदेशिक रोजगारमा कोभिड-१९ को प्रभाव, वैदेशिक रोजगारमा गएका नेपालीहरुको सामाजिक सुरक्षा कार्यक्रम र निवृत्तिभरण (पेन्सन), वैदेशिक रोजगारमा महिलाको अवस्था, वैदेशिक रोजगारको नयाँ गन्तब्यस्थानलगायतका बिषयमा टिम बद्रीसहित मध्यपुर्वका एनआरएनए अभियन्ताहरुले भुर्चअल रुपमा अन्तरक्रिया गरेका हुन् ।

निर्वाचनमा फेस रिडिङ अनिवार्य

अध्यक्षका प्रत्यासी केसीले पारदर्शीताका लागि एनआरएनएको १० औ अन्तरराष्ट्रिय महाधिवेशनमा फेस रिडिङ अनिवार्य गरिएको बताए । उनले निर्वाचनको जिम्मा अष्ट्रेलियाको एक स्वतन्त्र कम्पनीलाई दिइसकेको अवस्थामा फेस रिडिङ, सेल्फी तथा भिजा र पासपोर्ट चेकजाँच गरेर निर्वाचन हुने जनाए । ‘पारदर्शी निर्वाचनको माग गर्नेहरुले नै सेल्फी, फेस रिडिङ र भिजा तथा पासपोर्ट चेकको विरोध गरेका छन’, उनले भने, ‘उहाँहरुले कस्तो निर्वाचन चाहानु भएको हो । त्यो सबैले बुझिसकेका छन । विधि विधान भित्र रहेर निर्धारित मितिमै निर्वाचन हुनेछ ।’ डा. केसीले निर्वाचन लड्न सामथ्र्य नभएका मानिसले मात्र निर्वाचनको विरोध गरेको दावी गरे ।

उपाध्यक्ष पदकाका उम्मेदवार तथा महासचिव डा. हेमराज शर्माले निर्धारित मितिमै निर्वाचन हुने जनाए । उपाध्यक्ष पदका उम्मेदवार तथा प्रवक्ता डिबि क्षेत्रीले हजारे अभियान र श्रमिकका पेन्सनका बारेमा विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुरक्षित रोजगारी तथा श्रमिकका पेन्सनका लागि नेपाल सरकारसँग विस्तृत छलफल गरि कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए ।

अर्का उपाध्यक्ष पदका उम्मेदवार यासमिन वेगमले बैदेशिक रोजगारमा महिलाका समस्याका बारेमा आफ्नो भनाई राखिन । मध्यपुर्वका डिआरसी राजेन्द्र अर्याल र सचिवका उम्मेदवार रामशरण सिंखडा र पत्रकार मेघराज सापकोटाले भर्चुअल कार्यक्रम संचालन गरेका थिए ।

डिसेम्बर १५ मा काठमाडौंमा हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गदैँ संघको नयाँ कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन गर्ने घोषण गरेका हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित