जनप्रगतिशील मंच पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा दावा लामा

जनप्रगतिशील मंच पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा दावा लामा
युरोपनेपाली खबर २०७८ मंसीर ५ आइतबार, 21-11-2021


लिस्बन । नेकपा माओवादी केन्द्र सम्बद्ध प्रवास संगठन नेपाली जनप्रगतिशील मंच पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दावा लामालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ ।

आज लिस्बनमा भर्चुअल रूपमा आयोजना भएको अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रमुख अतिथिका रूपमा अधिवेशनको उद्घाटन गर्दै शुभकामना दिएका थिए । प्रवास समन्वय समितिका सचिव, युरोप समन्वय समितिका संयोजक, सचिव र युरोपस्थित विभिन्न देशका जनप्रगतिशील मंचका अध्यक्ष एंव प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

यसैगरी एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापा,  जनसम्पर्क समिति पोर्चुगलका, प्रवासी नेपाली एकता मंच पोर्चुगलका अध्यक्ष मदन लिम्बू, जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पुर्ण बिक लगायतले पनि शुभकामना दिएका थिए ।

मंचका अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको जनाइएको छ । जसअनुसार अध्यक्षमा  दावा लामा, उपाध्यक्षम प्रकाश जिसी र दुर्गा पौडेल, महासचिव जिएन पाण्डे,  सचिवमा रवि अधिकारी र रेशम बस्नेत लगायत अन्य सदस्यहरु रहेको जानकारी दिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित