एनआरएनए नर्वेद्वारा ई-पासपोर्ट सम्बन्धी अन्तरक्रिया सम्पन्न

एनआरएनए नर्वेद्वारा ई-पासपोर्ट सम्बन्धी अन्तरक्रिया सम्पन्न
युरोपनेपाली खबर २०७८ मंसीर ८ बुधबार, 24-11-2021


 प्रेम परियार, नर्वे । नोभेम्बर २२ मा गैरआवासीय नेपाली संघ नर्वेले नेपाली दूतावास डेनमार्कको समन्वयमा नर्वे स्थित बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरू बिच एक अतरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

राजदूतवासको तर्फबाट कार्यबाहक राजदूत तीर्थ अर्याल, केशबराज पन्थी (तृतीय सचिव) को उपस्थितिमा एनआरएनए नर्वेका पदाधिकारी साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा अलाईन माध्यम द्वार गरिएको सो कार्यक्रम नेपाली राजदूतबास डेनमार्कको तर्फ बाट  कार्यबाहक राजदूत तीर्थ आर्याल ज़्यूले जनतामा दिने सेवा सुविधा लगाएत  सरकारद्वारा हालै जारी भएको ई- पासपोर्ट ( बिधुतिय) पासपोर्टको बारेमा ब्रिफिङ्ग गराउनु भयो साथै सचिव केशव राज पन्थीले आर्थिक पक्षसंग सम्बन्धित बिषयको बारेमा जानकारी गराऊन भयो।

समय परिबर्तन संगै बिकास क्रममा प्रारम्भमा हस्ताक्षर, २०४७ सालमा फ़ोटो,र  २६ डिसेम्बर २०१० मा एमआरपि, (MRP) र २०७८ को मंसिर महीना देखी अन्तराष्ट्रीय स्तरको ई- पास्पोर्ट लागु गरिएको बारेमा बिस्तृत जानकारी गराऊनु भयो । 

राजदूतबास मार्फ़त गर्दै आएका प्रमुख ५ शीर्षक माथी पनि ब्यापक छलफल  पश्चात कनसुलर सेवा अन्तर्गत बिदेश स्थित नेपालीहरूको हक़ हित र संरक्षण, समझौता, मेलमिलाप,मूल्यांकन र नेपाल सरकार लाई गरिने रिपोर्टिंगको बारेमा पनि अवगत गराऊनु भएको थियो । सो क्रममा नेपाली मूलका बिदेशी नागरिकको नेपालको पैतृक सम्पति, ग़ैर आवासीय नेपालीहरूको हक़ हितमा आकर्षण हुने प्रचलित क़ानून र ग़ैर आवासीय नेपाली (NRNA) राजदूतवास बाट जारीहुने १० बर्षे कार्ड ग़ैर आवासीय नेपाली पासपोर्टको आवेदन र महत्वको बारेमा अन्तरक्रिया गरिएको थियो । 

दुतबास मार्फ़त नेपालको हक़ हितमा गरिने   प्रमुख ५ शीर्षक मध्ये आर्थिक बिकास,ब्यापार, बैदेशिक रोज़गार,पर्यटन प्रबर्धन, बैदेशिक लगानी र बैदेशिक सहायता लगायत बीबीध बिषयमा  छलफल र अन्तरक्रिया गरिएको थियो ।

राजदूतबास मार्फ़त गर्दै आएका प्रमुख ५ शीर्षक माथी भएको छलफल गरे पश्चात कनसुलर सेवा अन्तर्गत बिदेश स्थित नेपालीहरूको हक़ हित र संरक्षण ,समझौता, नेगोसियसन र मूल्यांकन को रिपोर्टिंगको साथै नेपालको आर्थिक बिकास,ब्यापार, बैदेशिक रोज़गार,पर्यटन प्रवर्धन, बैदेशिक लगानी र बैदेशिक सहायता लगायतका बिषयमा जानकारी दिनु भयो ।

दूतावास मार्फ़त दिदै आएका टेलिफ़ोन सेवा,राहदानी आवेदन प्रक्रिया,काग़ज़ात प्रमाणीकरण वेब पेज,ईमेल पत्रचार र घुमती सेवा आयोजना जस्ता अत्यनै महत्वपूर्ण बिषयमा छलफल भएको थियो । 

NRNA Ncc द्वारा आयोजना सो कार्यक्रममा अंतर्क्रियामा नेपाल राष्ट्रको हितमा ब्यापार,बैदेशिक रोज़गार,पर्यटन प्रबर्दन , बैदेशिक लगानी र बैदेशिक सहायताका बारेमा गहन छलफल पछि प्र्श्नोउत्तर कार्यक्रम  भएको थियो । 

भीयाना कनभेनसन अन्तराष्ट्रीय क़ानून (Vienna Convention law 1969 ) का बिभिन्न शीर्षकमा पनि ब्यापक छलफल र जानकारी गराइएको थियो । 

कार्यक्रमको संचालन महासचिव बिष्णु गौतमले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष जीवन बहादुर शाहीले सहभागी सम्पूर्णमा हार्दिक धन्यबाद दिनु भयो । आगामी दिनहरूमा सहयोगको अपेक्षा गर्दै यसरी नै सहयोग पूर्याउन आग्रह समेत गर्नु भै छोटो मन्तब्य दिनु भएको थियो । 

नेपाली राजदूतवास डेनमार्कको तर्फ बाट कार्यबाहक़ राजदूत तीर्थ आर्याल ,केशब राज पन्थी ( तृतीय सचिब) को उपस्थितिमा एनआरएन नर्वेका पदाधिकारी साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागीतामा भरचूवल माध्यम बाट करिव २ घण्टा सम्म संचालन गरि  सम्पन्न भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित