स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घन्टामै राजीनामा

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घन्टामै राजीनामा
तस्वीर : अल जजिरा
युरोपनेपाली खबर २०७८ मंसीर ९ बिहीबार, 25-11-2021


स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्।

म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। तर उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुनसकेन।

"मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु," यान्डरसनले संवाददाताहरूसँग भनिन्।

फिनल्यान्डमा किशोरीलाई किन बनाइयो एकदिने प्रधानमन्त्री३४ वर्षीया सना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले "उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको" बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्।

"कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ," सोसियल डेमोक्र्याट उनले बुधवार भनिन्।

"वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ।"

संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्।

बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन्। स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन्। उनी नियुक्त भएपछि संसद्‌मा सांसद्हरूले उठेर तालि बजाएका थिए।

संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन्।

सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।

बिबिसी 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित