महिला सशक्तिकरण, संभावना र चुनौती विषयक ककस २७ नोभेम्बर शनिबार हुने

महिला सशक्तिकरण, संभावना र चुनौती विषयक ककस २७ नोभेम्बर शनिबार हुने
युरोपनेपाली खबर २०७८ मंसीर ९ बिहीबार, 25-11-2021


पोर्चुगल ।  महिला सशक्तिकरण, संभावना र चुनौती विषयमा एनआरएनए ककसको तेस्रो भाग २७ नोभेम्बरमा हुने भएको छ । उक्त ककस नेपाली समय बेलुका ५ बजे भर्चुअल रूपमा हुने जनाइएको छ ।

यसभन्दा  पहिले यस्तै  ककसको भाग १ र २  सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकहरुले जनाएका छन् । 

ककसको तेस्रो अंकमा एनआरएनए  २०२१-२३ का लागि अध्यक्षका प्रत्यासी डा.बद्री केसी, महिला उपाध्यक्षकी प्रत्यासी  यास्मिन बेगम सैयद, महिला सचिवकी प्रत्यासी राधिका गुरुङ (टीका), महिला सह-कोषाध्यक्षकी प्रत्यासी यमुना भट्टराईले बहसमा मुख्य वक्ताको रूपमा सहभागिता जनाउने छन्  भने उक्त कार्यक्रम महिला संयोजककी प्रत्यासी संगिता मरहठ्ठाले संचालन गर्नेछिन् ।

ककस-३ मा महत्त्वपूर्ण चार विषयमा घनिभूत छलफल र बहस हुने महिला संयोजककी प्रत्यासी संगिता मरहठ्ठाले बताइन् । कार्यक्रममा जोडिन महिला उपाध्यक्षकी उम्मेदवार यास्मिन बेगम सैयदले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली महिला दिदिबहिनी तथा दाजुभाइहरुमा आग्रह गरेकी छन् ।

बहसका बिषयहरुः

१) विदेशमा महिलाहरुको अवस्था, संभावना र चुनौतीहरु,  

२) एनआरएनएमा महिलाहरुको सहभागिता र महिला फोरमहरुको भूमिका,

३) महिलाहरुले विदेशमा सिकेको ज्ञान, सिप, र पुँजी स्वदेशमा लगानी,

४) महिला सशक्तिकरण, सचेतना कार्यक्रम

(ककस-३, महिला सशक्तिकरण, संभावना र चुनौतीहरु ।

२७ नोभेम्बर २०२१ नेपाल समय साँझ ५ बजे (प्रवेश ४:३०), Zoom ID: 884 3057 6948 Password: 2021)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित