नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन मन्त्री श्रेष्ठको आग्रह

नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन मन्त्री श्रेष्ठको आग्रह
युरोपनेपाली खबर २०७८ मंसीर १० शुक्रबार, 26-11-2021


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीले भिसा आवेदनका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न आग्रह गर्नुभयो ।

नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गराउँदै सम्झौतालाई अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउन उहाँले आग्रह गर्नुभयो । पछिल्ला पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर सङ्ख्या सात हजार ६१८ नेपाली रोमानिया पुगेका छन् । भेटमा राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित