परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध एनआरएनएले हाल्यो मुद्दा

परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध एनआरएनएले हाल्यो मुद्दा
युरोपनेपाली खबर २०७८ मंसीर ११ शनिबार, 27-11-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालयको निर्णय  विरुद्ध मुद्दा दायर गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारबिरुद्ध अदालतमा जाने घोषणा गरेका थिए ।

उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको संघको उच्चस्रोतले  पुष्टि गरेको छ ।

सरकार विरुद्धको निवेदनमामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित