जनसम्पर्क समिति बेलायतको सभापतिमा पुनः युवराज गुरुङ, चक्रीय प्रणाली नेतृत्व हस्तान्तरण हुने

जनसम्पर्क समिति बेलायतको सभापतिमा पुनः युवराज गुरुङ, चक्रीय प्रणाली नेतृत्व हस्तान्तरण हुने
युरोपनेपाली खबर २०७८ मंसीर ११ शनिबार, 27-11-2021


नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन्।

शनिवार लण्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय प्रणालीमा सहमति भएको छ । सोही सहमति अनुरुपमा पहिलो एक वर्ष गुरुङले समितिको नेतृत्व समाल्ने छन् भने बाँकी एक एक वर्षको नेतृत्व क्रमशः महेश दाहाल, कोपिला सुब्बा, युवराज सिंहले गर्ने भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधि लोक गुरुङको उपस्थितीमा भएको अधिवेशनबाट बरिष्ठउपाध्यक्षमा रितेश पाण्डे, उपाध्यक्षहरुमा प्रवेश केसी, नवराज कार्की, सुवास राई, राज सिटौला सर्वसम्मत भए । यस्तै महामन्त्रीहरुमा इन्द्र ह्याङ लिङदेल, नर्वु शेर्पा, रेशम बस्याल, कुश बस्नेत र रोवियन लिम्बु, चयन भएका छन् ।

समितिको सहमहामन्त्रीमा उर्मिला चाम्लिङ राई, रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, संजिव राई चयन भए । कार्यसमितिको सदस्यहरु लिलाधर पौडेल, प्रमिली तिवारी भट्टराई, भिमराज राई, बाघविर पुन, जंग पुन, विज्ञान प्रसाई चयन भएका छन् ।

यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिहरुमा विश्वआर्दश पण्डित, योगेन क्षेत्री, विज्ञान प्रसाई, केश बहादुर गुरुङ, इन्द्रह्याङ लिंदेन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेश चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेग्वाङ र कोपिला सुब्वा सर्वसम्मतले चयन भए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित