युरोपियन युनियन भित्र अझै नेपाली एयरलाइन्सहरु कालोसूचीमा

युरोपियन युनियन भित्र अझै नेपाली एयरलाइन्सहरु कालोसूचीमा
युरोपनेपाली खबर २०७८ मंसीर १२ आइतबार, 28-11-2021


युरोप । युरोपेली युनियन (ईयू) अन्तर्गतको युरोपेली आयोग (ईसा)ले नेपालका एयरलाइन्सहरुलाई कालोसूचीबाट नहटाउने निर्णय गरेको छ ।

यो निर्णयसंगै पुनः नेपाली हवाई आकाश ईयूको कालोसूचीमा रहने भएको छ। प्रत्येक ६/६ महिनामा सूची सार्वजनिक गर्दै आएको छ। नोभेम्बर २४ मा सूची अपडेट गरेको ईयूले नेपालका सबै वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको हो। ईयूले ८ वर्षदेखि नेपाली वायु सेवाहरुलाइ निरन्तर कालोसूचीमा राख्दै आएको छ।

ईयूले नेपालसहित १५ देशका ९० एयरलाइन्सलाई कालोसूचीमा राख्दै आएको छ। यो वर्ष ७ वटा एयरलाइन्सलाई आंशिक प्रतिवन्ध लगाएको हो। यो वर्ष रसियाका केही एयरलाइन्सलाई भने कालोसूचीबाट हटाएको सूची ईयूले हालै सार्वजनिक गरेको छ।

आयोगले सन् २०१३ को डिसेम्बरदेखि नेपाली एयरलाइन्सहरुलाई कालोसूचीमा राख्दै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गत वर्षको डिसेम्बरसम्म हटाई सक्ने दाबी गर्दै आएका थिए।

ईयू प्रत्येक ६/६ महिनामा सूची सार्वजनिक गर्ने गरेको छ। ईयूको कालो सूचीमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सहित सबै १८ एयरलाइन्स कम्पनीहरुलाई कालोसूचीमा पर्दै आएका छन्। सन् २०१३ देखि ईयूले नेपाली एयलाइन्सहलाई कालोसूचीमा राख्दै आएको छ। जसका कारण नेपाल घुम्न आउने विदेशी पर्यटकहरुलाई पुनर्बिमा कम्पनीहरुले बिमा शुल्क महंगो लिँदै आएका छन्।

चार वर्ष अगाडि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपाललाई गम्भिर हवाई सुरक्षा सूचीबाट हटाएता पनि ईयूले कालोसूची भने निरन्तरता दिँदै आएको छ। आईकाओले तीन वर्ष अगाडि नै नेपालले हवाई सुरक्षामा सुधार गरेको भन्दै गम्भिर सुरक्षा सूचीबाट हटाइसकेको छ। तर ईयूले भने कालोसूचिबाट हालसम्म पनि नहटाएको हो।

ईयूले एओसी दिँदाको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदन नेपालमा सेप्टेम्बर २०१२ र सेप्टेम्बर २०१३ को बीचमा तिनवटा दुर्घटना हुनु लगायत धेरै विषय उठाउँदै नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित