जनसम्पर्क समिति अध्यक्ष, महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यले अनिवार्य नेपाली पासपोर्ट प्रयोग गर्नुपर्ने(पत्र सहित)

जनसम्पर्क समिति अध्यक्ष, महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यले अनिवार्य नेपाली पासपोर्ट प्रयोग गर्नुपर्ने(पत्र सहित)
युरोपनेपाली खबर २०७८ मंसीर १२ आइतबार, 28-11-2021


पोर्चुगल । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन जाने गैरआवासीय नेपालीहरु मध्ये जनसम्पर्क समिति अध्यक्ष, महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले अनिवार्य रूपमा नेपाली पासपोर्ट प्रयोग गरेको हुनुपर्ने काँग्रेसले निर्देशन गरेको छ । पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाहरुको हकमा कडाई गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्तिहरु नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य हुन नपाउने उल्लेख छ ।

नेपालमा प्रतिनिधि भई भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित