पोर्चुगलमा कोरोना संक्रमण दर बढेसंगै नयाँ नियम लागु, के के छन् जारी नयाँ नियमहरुमा ?

पोर्चुगलमा कोरोना संक्रमण दर बढेसंगै नयाँ नियम लागु, के के छन् जारी नयाँ नियमहरुमा ?
युरोपनेपाली खबर २०७८ मंसीर १३ सोमबार, 29-11-2021

लिस्वन – कोरोनाको संक्रमण दरमा बृद्धि भएसंगै पोर्चुगल सरकारले आगामी डिसेम्बर १ देखि लागु हुने गरी केही प्रतिबन्धात्मक व्यवस्थालाई पुनः लागु गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री एन्टेनियो कोष्टाले पछिल्लो समयमा देखिएको खतराको संकेतहरुका कारण महामारीको नियन्त्रणको लागि केही नियमहरुमा पुनः लागु गर्नु परेको पनि बताए ।

उनले पत्रकार सम्मेलन मार्फत युरोपका केही देशहरुमा अवस्था जटिल बन्दै जानु चिन्ताको विषय भएको भन्दै पोर्चुगलमा त्यस्तो स्थिती नआइसकेको भएपनि बेलैमा सचेतना अपनाउनु पर्नेमा जोड दिए । यसकारण पनि सार्वजनिक क्षेत्रका सबै निकाय, कम्पनी तथा प्रत्येक नागरिकहरुले सरकारले लागु गरेको नयाँ नियमहरुलाई आत्मसाथ गर्नुपर्ने बताए । पछिल्लो समयमा पोर्चुगलमा कोरोना पोजिटिभ र मृत्यु दरमा बृद्धि हुन चिन्ताको विषय भएको भन्दै बाध्य भएर नयाँ नियम लगाउनु परेको पनि बताए ।

सरकारले जारी गरेको नयाँ नियमअनुसार बार, डिस्को पब तथा खेलकुदका कार्यक्रमहरुमा सहभागी जनाउँदा ४८ घण्टा भित्रको कोरोना नेगेटिभको प्रमाण पेश गर्नु पर्ने भएको छ । भने रेष्टुरेन्ट तथा कफी सपहरुमा प्रवेशको लागि खोप लगाएको डिजिटल प्रमाण पत्र देखाउनु पर्ने पनि भएको छ ।

मन्त्री परिषद वैठकबाट पारित भएका नयाँ नियम तथा कार्यक्रमहरु यस प्रकार रहेका छन् ।

१) डिसेम्बर १ देखि लागु हुने गरी खोप लगाएकाहरले पनि बार, क्लब तथा पबहरु तथा खेलकुदका कार्यक्रमहरुमा उपस्थित हुँदा कोरोना नेगेटिभको प्रमाण पेश गर्नु पर्ने तथा जनवरी २ देखी ९ सम्म क्लबहरु पुर्णरुपमा बन्द गर्ने ।

२) मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने ।

३) ५ देखी ११ बर्षसम्मका करिब ६ लाख ३८ हजार बालबालिकालाई डिसेम्बर २० देखि खोप प्रदान गर्ने ।

४) होटेल, रेष्टुरेन्ट तथा जिमहलहरुमा प्रवेशको लागि अनिवार्य रुपमा खोप लगाएको डिजिटल प्रमाण पेश गर्नु पर्ने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित