एनआरएनए अध्यक्षमा १० लाख, उपाध्यक्षमा ७ लाख, महासचिवमा ६ लाख उम्मेदवारी शुल्क

एनआरएनए अध्यक्षमा १० लाख, उपाध्यक्षमा ७ लाख, महासचिवमा ६ लाख उम्मेदवारी शुल्क
युरोपनेपाली खबर २०७८ मंसीर १४ मंगलबार, 30-11-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले मंगलवार एक सूचना जारी गर्दै उम्मेदवारहरुको शुल्क निर्धारण गरेको छ ।

निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख, सहकोषाध्यक्षका लागि ४ लाख ५० हजार, महिला, युवा तथा क्षेत्रीय संयोजकहरुका लागि ३ लाख ५० हजार, क्षेत्रीय, महिला तथा युवा उपसंयोजकका लागि २ लाख ५० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

संघको केन्द्रीय पदाधिकारीको लागि ५० भन्दा बढी पदमा निर्वाचन हुने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलको हस्ताक्षर रहेको सो निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यसैगरी, डिसेम्बर ११ र १२ मा उम्मेदवारको मनोनयन दाखिला गर्ने, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, डिसेम्बर १३ मा उम्मेदवारीमाथि दाबी विरोध, डिसेम्बर १४ मा मनोनयन पत्र जाँच र दाबीविरोध माथि छानविन गरी डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । त्यसपछि डिसेम्बर १७ का दिन उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने मौका दिइनेछ भने डिसेम्बर १८ तारिखका दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मतदान डिसेम्बर २६ नेपाली समयअनुसार बिहान ८ बजेदेखि भोलिपल्ट बिहान ७ बजेर ५९ मिनेट जाँदासम्म गर्न पाइनेछ । यसपटक अनलाइन मतदान हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित