निर्वाचन बिथोल्ने गतिविधि नगर्न एनआरएनएको आग्रह

निर्वाचन बिथोल्ने गतिविधि नगर्न एनआरएनएको आग्रह
युरोपनेपाली खबर २०७८ मंसीर १४ मंगलबार, 30-11-2021


गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको सर्वविदितै छ । सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न/ नगराउन भनेको छ । उक्त आदेशपछि निर्वाचन समितिले आज (३० नोभेम्वर २०२१) आसन्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको जानकारी गराउँदछौँ । 

हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरिन्छ । निर्वाचन बिथोल्ने खालको  कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन पनि  सबैमा आग्रह गर्दछौँ । 

यसैगरी, आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ । संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसँग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत स्मरण गराउँदै सोही अनुसार गर्न /गराउन अनुरोध गरिन्छ । 

अन्त्यमा, यसै सूचनामार्फत आसन्न निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दछौँ । 

धन्यबाद  ।

 डिबी क्षेत्री 

प्रवक्ता,  गैरआवासीय नेपाली संघ 

३० नोभेम्बर २०२१

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित