देउवा र सिटौलाको समझदारी, कुल आउट, रबिना इन, एनआरएनएमा अब केसी र थापाको चुनावी भिडन्त हुने

देउवा र सिटौलाको समझदारी,  कुल आउट, रबिना इन, एनआरएनएमा अब केसी र थापाको चुनावी भिडन्त हुने
युरोपनेपाली खबर २०७८ मंसीर २२ बुधबार, 8-12-202


काठमाडौ । गैरआवासीय नेपाली संघको नेतृत्वको निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेसको गहिरो चासो अब रोचक मोडमा पुगेको छ । केही महिना अघि काँग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जनसम्पर्क समितिहरुलाइ लिखित पत्र काटेर र केन्द्रीय नेताहरु नै खटाएर एनआरएनए अध्यक्षमा कुल आचार्यलाई सहयोग गर्न निर्देशन जारी गरेका थिए । 

तर अब त्यो निर्देशन खेर जाने भएको छ । विश्वस्त श्रोतले युरोपनेपाली खबरलाई बताए अनुसार सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला बीच काँग्रेस महाधिवेशनमा एक आपसलाई सहयोग गर्ने बारेमा गोप्य छलफल भयो, त्यो बेला सिटौलाले एनआरएनएको नेतृत्वको बारेमा पनि कुरा उठाए । देउवाले उक्त विषयमा आफुलाइ धेरै जानकारी  नभएको र चासो पनि नरहेकोले के गर्ने हो तपाईले भने अनुसार नै गरौंला भने । तब सिटौलाले एनआरएनएमा रबिना थापालाई अध्यक्षमा अगाडि बढाउनु पर्ने र सहयोग गर्नुपर्ने  प्रस्ताव राखे, देउवाले तुरुन्तै सिटौलाको प्रस्तावमा ओके भने र सोही अनुसार निर्देशन दिने वचन दिए,  त्यसपछि रबिना थापाको पक्षमा काँग्रेसको आधिकारिक समर्थन प्राप्त हुने पासा पल्टिएको उच्च श्रोतले नाम उल्लेख नगर्ने शर्तमा युरोपनेपाली खबरलाई बतायो ।

देउवा र सिटौलाको यो समझदारीले एनआरएनएको चुनावी मोड भने रोचक अवस्थामा पुगेको छ र अब डा. बद्री केसी र रबिना थापा बीच अध्यक्षमा मुख्य चुनावी भिडन्त हुने देखिएको छ, यस घटनाक्रमले कुल आचार्यले चुनावी मैदान छाड्छन वा छाड्दैनन र भावी रणनीति के हुने स्पष्ट भइ सकेको छैन ।

यस सम्बन्धमा रबिना टीमका महासचिवका उम्मेदवार विनय अधिकारीसंग सम्पर्क राख्दा उनले भने "हामी चुनाव हुनुपर्छ भन्ने पक्षमा छौं र चुनावमा भाग लिन्छौं र रबिना थापालाई  नै आधिकारिक समर्थन प्राप्त हुने कुरा लगभग पक्का भएको छ, यसमा द्विविधा छैन, केही दिनमा सबै कुरा  प्रष्ट हुन्छ ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित