भारतीय रक्षा प्रमुख रावत चढेको हेलिकप्टर विस्फोट गराएको आशंका

भारतीय रक्षा प्रमुख रावत चढेको हेलिकप्टर विस्फोट गराएको आशंका
युरोपनेपाली खबर २०७८ मंसीर २३ बिहीबार, 9-12-202


भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जनाको मृत्यु हुने गरी भएको हेलिकप्टर दुर्घटनालाई शंकास्पद रुपमा लिदै त्यसको छानविन गर्न माग गरिएको छ। हेलिकप्टर दुर्घटना भवितब्य नभई षडयन्त्र भएको हुन सक्ने आशंका छ।

भारतीय सेनामा ३५ वर्ष सेवा गरेका सेवानिवृत्त ब्रिगेडियर सुधीर सावन्तले यो कुनै दुर्घटना नभएर एलटीटीईका कार्यकर्ताको आक्रमण भएको हुन सक्ने दाबी गरेका छन्। ‘यहाँका मानिसहरूले पनि एलटीटीईलाई धेरै समर्थन गरेका छन्। यस्तो अवस्थामा सीडीएसको हेलिकप्टर दुर्घटना षडयन्त्रपूर्ण हमला हो’ उनले भनेका छन्–‘जसमा एलटीटीईका स्लीपर सेलहरू संलग्न हुने सम्भावना छ। यदि यो आक्रमण हो भने एलटीटीई आईएसआईको पनि समर्थन र सहयोग गरेको हुन सक्छ।’ 

सीडीएस हेलिकप्टरलाई निशाना बनाउनु एलटीटीईको रणनीतिको एक हिस्सा हुन सक्ने उनको अनुमान छ। एलटीटीईका कार्यकर्ता बमबारे विज्ञ छन्। यसबाहेक भारतको सबैभन्दा ठूलो सिपाहीको हत्या गर्ने उद्देश्य पनि एलटीटीईको छ। एनआईले यो डरलाग्दो हेलिकप्टर दुर्घटनाको छानबिन गर्नुपर्ने उनको भनाइ छ। 

‘कुनै पनि विमान वा हेलिकप्टर दुर्घटनाका पछाडि ३ कारण हुन्छन्। पहिलो– प्राविधिक त्रुटि, दोस्रो– पाइलटको त्रुटि र तेस्रो– बम प्लान्ट र ब्लास्टिङ’ उनले भनेका छन्–‘अघिल्ला दुवै कुरामा पाइलट र एयर कन्ट्रोलबीच सञ्चार हुन्छ। पाइलटले मद्दतका लागि कल गर्छ र यी सबै कुराकानी ब्ल्याक बक्समा रेकर्ड हुन्छन्। अहिले ब्ल्याक बक्स पनि भेटिएको छ। यसैकारण यो दुर्घटना नै हो भने जानकारी बाहिर आउनेछ।’

तेस्रो सम्भावना बम राखेर हेलिकप्टर विस्फोट भएको हुनसक्छ। यस्तो अवस्थामा पाइलट र एयर कन्ट्रोलबीच कुनै सञ्चार हुँदैन र सबै कुरा अचानक हुन्छ। यो क्षेत्र एलटीटीईको गढ भएकाले यस आक्रमणको पछाडि उसको स्लिपर सेलको हात हुनसक्ने ठूलो आशंका छ।

हेलिकप्टर दुर्घटना भएको क्षेत्र वीरप्पनको पनि क्षेत्र र एलटीटीईको गढ भएको उनले वताएका छन् । उटी, कोइम्बटुर, मेट्युपालनका सम्पूर्ण जंगल वीरप्पनको क्षेत्र भएको वताउँदै उनले भने–‘म कमान्डो प्रशिक्षक थिएँ र हामीले एलटीटीईसँग भिडन्त पनि गरेका छौं। त्यसैले हामीलाई एलटीटीईका सबै पल्स थाहा छ। उसको आक्रमण गर्ने शैली यस्तै हेलिकप्टर दुर्घटना गराउने हो।’

उनका अनुसार एलटीटीई लामो समयदेखि भारत र भारतीय सेनासँग निकै क्रुद्ध  छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित