पोर्चुगल। गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशन गर्ने जिम्मा लिएका प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले कार्यव्यस्तताको कारण देखाउदै पदबाट राजीनामा दिएका छन । निर्वाचन समितिको शुक्रबारको बैठकमा पौडेलले नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणा बिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त व्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तका रुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएका हुन् ।
बैठकमा सहभागी एनआरएनए अध्यक्ष कुमार पन्तले उनले दिएको राजीनामा तत्काल स्वीकृत गरी कार्यबाहक प्रमुख आयुक्तमा रामप्रताप थापालाई जिम्मेवारी प्रदान गरिएको जानकारी दिए ।
“पौडेलजीले नेपाल बार एसोसिएसनको आन्दोलनमा धेरै समय दिनुपर्ने भयो । मैले एकातिरबाट हट्नुपर्ने भयो । दुइतिर समय दिन नसक्ने भएँ। त्यसैले एनआरएनए निर्वाचन आयुक्तबाट छोड्नुपर्ने भयो भनेपछि स्विकार गरेका हौं । उहाँको राजिनामा स्विकृत भएको छ”, उलने भने । प्रमुख निर्वाचन अधिकृत पौडेलको राजीनामा सँगै निर्वाचन कार्यतालिका हेरफेर गरिएको छ ।
नयाँ कार्यतालिका अनुसार आगामी डिसेम्बर १६ र १७ तारिखमा उम्मेदवार मनोनय दर्ता मिति तोकिएको छ । यसअघि शनिवार उम्मेदवारी दर्ता गर्न कार्यतालिका थियो ।संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ।
स्रोतका अनुसार एक दुई दिन भित्रै नयाँ प्रमुख निर्वाचन अधिकृत चयन गरिनेछ । हाल निर्वाचन अधिकृत रामप्रताप थापालाई कार्यवाहक प्रमुख निर्वाचन अधिकृतको जिम्मा दिइएको छ ।
निर्वाचन कार्यपालिकामा समेत हेरफेर गरिएको छ ।
FOUNDER/CHIEF EDITOR :