एनआरएनए विवाद मिलाउने जिम्मा अब संस्थापक अध्यक्ष डा. महतोको हातमा

एनआरएनए विवाद मिलाउने जिम्मा अब संस्थापक अध्यक्ष डा. महतोको हातमा
युरोपनेपाली खबर २०७८ मंसीर २४ शुक्रबार, 10-12-202


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद सल्टाउन परराष्ट्र मन्त्रीको आग्रहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सकृयता देखाएसंगै विवाद मिलाउने जिम्मा उनको हातमा पुगेको छ । 

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघको विवाद मिलाउन परराष्ट्र मन्त्री डा. नारायण खड्काले एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई आग्रह गरे पछि उनले सहमतिको पहल शुरु गरेका हुन् ।

स्रोतका अनुसार परराष्ट्र मन्त्री डा. नारायण खड्काले संघको विवादमा आफु र मन्त्रालय  पर्न नचाहेको भन्दै महाधिवेशनको तयारी र निर्वाचनको सहजीकरण  गर्न अनुरोध गरेका थिए ।

यसअघि मन्त्रालयले संघको संरक्षक परिषदलाई जिम्मा दिने परिपत्र गरे पनि ती पत्रहरुलाइ उच्च अदालत पाटनको अन्तरिम आदेशले निष्क्रिय भएका थिए ।

मन्त्रालयको पत्रलाई पाटन उच्च अदालतले निस्तेज गरिदिए संगै संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख हुने तय गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित