कांग्रेस सभापतिमा देउवा, कोइराला सहित ६ उम्मेदवार, कसको प्यानल बलियो ?

कांग्रेस सभापतिमा देउवा, कोइराला सहित ६ उम्मेदवार, कसको प्यानल बलियो ?
२०७८ मंसीर २५ शनिबार, 11-12-202


 काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि चार शीर्ष नेता सहित ६ जनाले उम्मेदवारी दिएका छन् । बहालबाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने उनलाई शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले चुनौती दिएका हुन् ।

देउवा र कोइरालाले प्यानलसहित चुनाल लड्दैछन् । मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ । निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाएका छन् ।

देउवाको प्यालमा पुराना अनुहारहरु धेरै छन् । उपसभापतिमा उनले पूर्णबहादुर खड्का र डा. विजय गच्छदारलाई अघि सारेका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल उनको प्यानलमा समेटिएका छन् । युवा नेता प्रदीप पौडेल सिटौला समुहको तर्फबाट देउवा प्यानलमा मिसिएका हुन् ।

कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् ।

प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याएका छन् । शर्माले देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा भएका हुन् ।

कांग्रेस सभापतिका लागि कम्तिमा ६ जना नेताहरुको भिडन्त निश्चित भइसकेको छ । लो प्रोफाइलका दुई उम्मेदवार कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित