एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका अधिवक्ता भिमसेन बन्जरा नियुक्त

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका अधिवक्ता भिमसेन बन्जरा नियुक्त
युरोपनेपाली खबर २०७८ मंसीर २६ आइतबार, 12-12-202


पोर्चुगल। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जरा नियुक्त भएका छन् । एनआरएनएका अध्यक्ष कुमार पन्तले काभ्रे पनौती स्थायीघर भएका सर्बोच्च अदालतका अधिवक्ता तथा नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य बन्जारालाई आजै आइतवार नियुक्त गरेका हुन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो ।

यसअघि प्रमुख निर्वाचन आयुक्त लालमणी पौडेलले आफ्नो कार्यव्यस्तताका कारणले सो पदबाट राजीनामा दिए पछि बन्जरालाई नियुक्त गरिएको हो ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख अनलाइन मार्फत हुदैछ । संघको नेतृत्वको लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुदैछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित