सर्वेक्षण भन्छ- काँग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा जान्छ

सर्वेक्षण भन्छ- काँग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा जान्छ
युरोपनेपाली खबर २०७८ मंसीर २७ सोमबार, 13-12-202


युनेख, काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज बिहानैदेखि मतदानका लागि लामबद्ध भएर बसेका महाधिवेशन प्रतिनिधिहरूसँग भएको मत सर्वेक्षणमा सभापतिको निर्वाचन दोश्रो चरणमा जाने देखिएको छ । मतदान शुरु हुनु लगत्तै अघि आज बिहान एक सय जना महाधिवेशन प्रतिनिधिमा गरिएको सर्वेक्षणमा ४१ प्रतिशतले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । 

देउवापछि सबैभन्दा धेरै समर्थन सभापतिका अर्का उम्मेद्वार शेखर कोइरालाले प्राप्त गरेका छन् । कोइरालालाई २४ प्रतिशतले समर्थन गरे । 

अधिकांशले सभापति पहिलो चरणको निर्वाचनमा टुंगो नलाग्ने बताएका छन् । सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुनेमा महाधिवेशन प्रतिनिधिहरू विश्वस्त छन् । कोइरालापछि प्रकाशमान सिंहलाई १९ प्रतिशतले समर्थन गरेका छन् भने विमलेन्द्र निधिलाई १४ प्रतिशतले समर्थन गरेका छन् । त्यस्तै कल्याण गुरुङलाई २ प्रतिशतले समर्थन गरेका छन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित