जनप्रगतिशील मंच बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल र महासचिवमा कल्पना मगर

जनप्रगतिशील मंच बेल्जियमको अध्यक्षमा  प्रकाश पौडेल र महासचिवमा कल्पना मगर
युरोपनेपाली खबर २०७८ मंसीर २८ मंगलबार, 14-12-202


पोर्चुगल । नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) बेल्जियममा प्रकाश पौडेलको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । मंगलबार भएको १२ औं अधिवेशनले पौडेल अध्यक्ष र निवर्तमान अध्यक्ष जित बहादुर लामालाई इन्चार्जमा सर्वसम्मत चयन गरेको हो ।

सन् २००१ मा स्थापना भएको एनपीपीएफ बेल्जियमलाई महत्वपूर्ण र इतिहास बोकेको संगठनको रुपमा हेरिन्छ । नेपालमा जनयुद्ध चलिरहेको तत्कालिन समयमा बेल्जियमबाट हतियार ख़रीद गरेर देशमा लैजाने निर्णय विरुद्ध त्यतिबेला सो संगठनले विरोध गरेपछि अन्तराष्ट्रिय चर्चा पाएको थियो । 

अधिवेशनले उपाध्यक्षहरुमा भिम सुबेदी,  पवन सुबेदी, डील्लीरामभण्डारी, मनिस गुरुङ, ठाहिला चामलिंङ र निर्मला बजगाई, महासचिवमा कल्पना मगर, सचिबहरुमा सावित्री भारती, तेज अर्याल, लोक बहादुर नेपाली र सिता दाहाल, कोषाध्यक्षमा लक्ष्मी सुबेदी तथा सह-कोषाध्यक्षमा मखन नेपाली चयन गरेको छ ।  

समितिको सदस्यहरुमा कर्ण बिक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, सबिन नेउपाने, मिनड गुरुङ, गणेश घिमिरे, चित्र बहादुर सिह, रश्मी न्यौपाने, सुशीला खतिवडा, समिता सुबेदी, दिल बहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रबिन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुबेदी, साधना  बोहोरा र खेम न्यौपाने ओस्तंडे रहेका छन् । 

अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तले अबको चुनावपछि माओवादी केन्द्र देशको प्रमुख शक्ति बन्ने बताए । 

संगठन निर्माणमा जुटेसंगै देशभित्र मात्र नभएर नेपाली रहेका परदेशमा पनि परिवर्तनको सम्बाहक माओवादीप्रति जनताको आकर्षण बढेको उनको भनाई थियो । 

नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले संगठन निर्माण अभियानले माओवादीमा नयाँ शक्ति पैदा भएको बताउँदै देशमा सम्वृद्धी र परिवर्तन संस्थागत गर्न माओवादी प्रमुख शक्ति हुनुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा बेनेलेक्सका लागी नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोप अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रण खाती क्षेत्री,  संगठन विभाग प्रमुख उदयराज गौतम, एनपीपीएफ युरोप महिला समिति संयोजक सुस्मा भुषाल, एनपीपीएफ युरोपका निर्वाचन समितिका संयोजक सुरेन्द्र श्रेष्ठ, एफएनजे युरोपका कावा अध्यक्ष केजिन राइ, एनआरएनए आइसीसी सह-कोषाध्यक्ष लोक दाहाल, एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग के.सी, एनपीपीएफका विभिन्न देशका अध्यक्ष लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधीले अधिवेशन सफलताको शुभकामना दिएका थिए । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित