एनआरएनएको निर्वाचन तोकिएको मितिमा गर्न महासचिवका प्रत्यासी अधिकारीको माग

एनआरएनएको निर्वाचन तोकिएको मितिमा गर्न महासचिवका प्रत्यासी अधिकारीको माग
युरोपनेपाली खबर २०७८ मंसीर २९ बुधबार, 15-12-202


एनआरएनएको निर्वाचन तोकिएको मितिमा गर्न अध्यक्षकी उम्मेदवार रबिना थापा प्यानलका महासचिवका प्रत्यासी विनय अधिकारीले जोडदार माग गरेका छन् । एनआरएनएको नयाँ नेतृत्वको लागि डिसेम्बर २६ र २७ मा निर्वाचनको मिति तोकिएको छ भने भोलि डिसेम्बर १६ तारिखदेखि  उम्मेदवार मनोनयनको तालिका राखिएको छ  ।

बिज्ञप्ति

आदरणीय गैरआवासीय नेपाली संघका अग्रज, अभियन्ता र साथीहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन विगत केही महिनादेखि अबरुद्ध भएको सर्वविदित नै छ । 

संघको महाधिवेशन प्रतिनिधि विवाद देखाएर संघको नेतृत्व चयन प्रकृयालाई लामो समयसम्म अन्योलमा राखिनु विदेशमा रहेका ७० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको भावना विपरीत हो । 

संघका महाधिवेशन प्रतिनिधिहरु  छनोटको विषयमा समेत पाटन उच्च अदालतले निर्वाचनको बाटो खोलिदिएको दुई साता हुदाँसम्म संघको वर्तमान नेतृत्वले बिभिन्न वाहनामा निर्वाचन रोक्न खोज्नु निन्दनीय काम हो । संघको निर्वाचन समितिले समेत पटक पटक कार्यतालिका हेरफेरे गरी निर्वाचनको प्रकृयालाई फितलो बनाउदै आएको प्रति हामी घोरनिन्दा एवं भत्सर्ना गर्दछौं र , यसअघि निर्वाचन समितिद्धारा सार्वजनिक गरिएको तालिका बमोजिम भोलि (विहीवार)बाट उम्मेदवारको मनोनयन दर्ताको प्रकृया शुरु गर्न जोडदार माग गर्दछौं । 

संघको निर्वाचन तोकिएको मितिमा गराउन र यसका लागि सहयोग गर्न हुन पुर्वअध्यक्षहरु तथा अभियन्ताहरुलाई विशेष अनुरोध गर्दछौ । निर्वाचनबाट भाग्दै हिड्ने हो भने संघको १८ बर्ष गौरवमय इतिहास  कालो दिनमा परिणत हुने र संस्थाको साख गुम्ने खतरा भएकाले यस तर्फ ध्यान दिन अग्रज एनआरएनए अभियन्ताहरुलाई विनम्र अनुरोध गर्दछौ । 

यस्तै, प्रतिनिधि विवाद देखाएर सहमितको नाममा अध्यारो कोठामा बसेर विधि विधान प्रकृया विपरीत हुने कुनै पनि भागबण्डा हामीलाई मान्य नहुने समेत स्पष्ट पार्न चाहन्छौ ।  वर्तमान समस्याको समाधान पाटन उच्च अदालतको भावना र संघको विधानभित्र रहेर खोज्न वर्तमान नेतृत्व समक्ष जोडदार माग गर्दछौं । 

साथै, विदेशमा रहनु भएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई निर्वाचनको तयारीका लागि जुट्न आग्रह गर्दछौं । 

विनय अधिकारी

महासचिव, प्रत्यासी

गैरआवासीय नेपाली संघ, १० औं महाधिवेशन

१५ डिसेम्बर २०२१

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित