एनआरएनए अध्यक्ष पन्तद्वारा विवाद समाधानका लागि कमिटी गठन, निर्वाचन कार्यतालिका स्थगित (पत्र सहित)

एनआरएनए अध्यक्ष पन्तद्वारा विवाद समाधानका लागि कमिटी गठन, निर्वाचन कार्यतालिका स्थगित (पत्र सहित)
युरोपनेपाली खबर २०७८ मंसीर २९ बुधबार, 15-12-202


पोर्चुगल ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय समिति  आइसीसीका अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि चार सदस्यीय कमिटी गठन गरेका छन् ।

डिसेम्बर १५ तारिखको मिति राखेर अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विवाद समाधानका लागि आफुले संरक्षकहरु, सल्लाहकारहरु र सरोकारवाला सबैसंग छलफल जारी राखेको  पनि बताएका छन् ।

उनले सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको जनाएका छन् । समितिमा संघका केन्द्रीय सल्लाहाकार विश्वआदर्श पण्डित, डा.यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री रहेका छन् ।

समितिलाई के कस्तो अधिकार दिइएको छ र समितिले कहिलेसम्म समाधानका उपाय निकाल्ने भन्ने पत्रमा उल्लेख छैन । एनआरएनएले आइसीसीको निर्वाचन आगामी डिसेम्बर २६ र २७ तारिख तोकिएको छ भने मनोनयन भोलि डिसेम्बर १६ तारिख हुने तालिका रहेकोेमा आजै निर्वाचन समितिले निर्वाचन मिति बाहेकको निर्वाचन सम्बन्धि अन्य तालिका स्थगित गरेको सूचना जारी गरेको छ ।                   

समिति गठनमा कार्यसमिति भित्रै आपत्ति

यसैबीच अध्यक्ष पन्तद्वारा गठित समिति गठनको कार्यसमितिका अधिकासले विरोध गरेका छन् । उपाध्यक्ष सोनाम लामाले यस्तो समिति अमान्य रहेको बताएका छन् ।उपाध्यक्ष लामाले अध्यक्ष पन्तको पत्रबारे आफुलाई कुनै जानकारी नभएको बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित