कांंग्रेस उपसभापतिमा देउवा प्यानलका खड्का र कोइराला प्यानलका गुरुङ निर्वाचित

कांंग्रेस उपसभापतिमा देउवा प्यानलका खड्का र कोइराला प्यानलका गुरुङ निर्वाचित
युरोपनेपाली खबर २०७८ मंसीर २९ बुधबार, 15-12-202


नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।

मतगणनामा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन्। झिनाे मतान्तरले धनराज विजयी भएका छन ।                          कांग्रेसको १४औं महाधिवेशन : उपसभापतिको अन्तिम मतपरिणाम—

• पूर्णबहादुर खड्का— २१२१

• धनराज गुरुङ— १९०८

• विजयकुमार गच्छदार— १९०६

• चन्द्र भण्डारी— १५८०

• सुजाता कोइराला— ६४४

• महेश आचार्य— ५८९

• दिव्येश्वरी शाह— १३२

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित