एमालेले जारी गर्यो अपानि-१, यस्तो छ नेताहरुको अन्तिम कार्यबिभाजन (सूचीसहित)

एमालेले जारी गर्यो अपानि-१, यस्तो छ नेताहरुको अन्तिम कार्यबिभाजन (सूचीसहित)
युरोपनेपाली खबर २०७८ पुष २ शुक्रबार, 17-12-202


काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकिएको जानकारी दिनुभएको छ ।

एमाले महासचिव शंकर पोखरेलले भर्खरै अपानि जारी भएको जानकारी दिनुभएको छ । अपानिअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाउनु भएको छ । महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाउनुभएको छ ।

 हेर्नुहोस् लिन्कमा, कार्यविभाजन https://drive.google.com/file/d/1SJbt0IPeqD7ZFCw8OT7emGXzlgWBdas3/view?usp=drivesdk

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित