चिलीमा ३५ वर्षीय युवा राष्ट्रपति निर्वाचित

चिलीमा ३५ वर्षीय युवा राष्ट्रपति निर्वाचित
युरोपनेपाली खबर २०७८ पुष ५ सोमबार, 20-12-202


दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् ।

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्नुभएकाे बीबीसीले जनाएको छ ।  हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाउनु भएको छ ।  

बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुनुहुन्छ । उहाँले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गर्नु भएको थियो ।

चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित