एनआरएनए सबै निर्वाचन तालिका अनिश्चितकालका लागि स्थगित

एनआरएनए सबै निर्वाचन तालिका अनिश्चितकालका लागि स्थगित
युरोपनेपाली खबर २०७८ पुष १० शनिबार, 25-12-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघको यही आइतवार र सोमवार हुने भनिएको निर्वाचन अनिश्चित कालका रोकिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ ।

संघभित्र प्रतिनिधि छनौट लगायतका विवाद मिलाउन अध्यक्ष कुमार पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरिराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित