पोर्तुगलको नेफ्जुम टिमले पोल्यान्डमा जित्यो पहिलो विरेन्द्र स्मृति फुटबल प्रतियोगिताको उपाधि

पोर्तुगलको नेफ्जुम टिमले पोल्यान्डमा जित्यो पहिलो विरेन्द्र स्मृति फुटबल प्रतियोगिताको उपाधि
युरोपनेपाली खबर २०७८ पुष १२ सोमबार, 27-12-2021


पोल्याण्ड - क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसरमा पोल्याण्डको राजधानी वार्सामा आयोजित पहिलो विरेन्द्र स्मृति फुटबल प्रतियोगिताको उपाधि पोर्तुगलको नेफ्जुम टिमले हात पारेको छ। 

नेफ्जुमले एनआरएनए एनसीसी बेल्जियम टिमलाई ३-१ ले हराउदै उपाधि जितेको हो। उपाधि ट्रफी , मेडल सहित विजेता नेफ्जुमले रु २ लाख ३५ हजार नगद पुरस्कार पाएको छ भने उपविजेता बेल्जियम एनआरएनए टिमले ट्रफी सहित रु ७३ हजार पुरस्कार रकम पाएको छ। 

साविक विजेता लिस्नेप पोजाननले एभेरेस्ट बोइजलाई हराउदै तेस्रो स्थान सुरक्षित गरेको थियो। यस पटकको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो भने चार टोलि पोल्याण्ड बाहिर बाट प्रतिस्प्रधाको लागि आएका थिए। 

प्रतियोगिताको छिटो खेल्ने (फास्ट प्लेयर ) खेलाडीमा एभेरेस्ट बोईजका समिर राई चुनिए भने इमार्जिंग प्लेयरमा जसस पोल्याण्डका प्रकाश खड्का छानिए। पोर्तुगलको नेफ्जुम क्लबका सन्तोष रम्तेल उत्कृष्ट गोलकिपर छानिदा, बेल्जियमका ग्रिष्म शर्मा उत्कृष्ट स्ट्राईकर चुनिए। नेफ्जुमका निर्दोष हमाल उत्कृष्ट खेलाडी बने भने कृष् भाई उत्कृष्ट डिफेन्डर र भुपन सुब्बा उत्कृष्ट मिड फिल्डर बने। 

प्रतियोगिताको प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसी सहभागी थिए भने पोल्याण्ड र अन्य देश बाट थुप्रै नेपाली समर्थक खेल हेर्न उपस्थित थिए। 

प्रतियोगितामा सहयोग र सद्भाव राख्ने सबैमा आयोजक टिम ब्रदर्हूडका संयोजक मुकुल बोहराले धन्यवाद व्यापन गरेका छन्। प्रतियोगिताको लाईभ स्ट्रीमिङ्ग गोलनेपाल डट कमले गरेको थियो भने न्युज पीएनटीभी प्रतियोगिताको मिडिया पार्टनर हो। 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित