यसरी सल्टियो एनआरएनएको प्रतिनिधि विवाद - गौरीराज जोशी

यसरी सल्टियो एनआरएनएको प्रतिनिधि विवाद - गौरीराज जोशी
युरोपनेपाली खबर २०७८ पुष १४ बुधबार, 29-12-2021


पोर्चुगल – गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद लगभग टुंगिएको छ ।

हरेक दिनजसो विभिन्न चरणमा छलफल र बैठक चलिरहेका छन् । यस्तै बैठक र छलफलमा सक्रिय गौरीराज जोशी संघका सचिव हुन् र आगामी कार्यकालका लागि महासचिवका उम्मेद्वार पनि । अध्यक्ष कुमार पन्तले एक साता अघि विवादहरुका बारेमा सबै पक्षसँग छलफल गरेर सहमतिको विन्दु पत्ता लगाउन गठन गरेको उच्चस्तररीय समितिका सदस्य जोशी पनि अहिले काठमाडौं मै छन् र संघ भित्रको विवाद मिलाउन सक्रिय रहेका छन् । विभिन्न चरणका छलफल र बैठकहरुबाट अब संघको विवाद समधान उन्मुख र  सकारात्मक मोडमा पुगेको बारेमा उनी निक्कै आशावादी र विश्वस्त छन् ।

सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।

‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’ जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको हो ।

यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डित र डा. यादव पण्डितसहित प्रवक्ता डिबी क्षेत्री, नारायण थापा र गौरीराज जोशी रहेको सदस्सीय समिति गठन गरेको थियो । जोशीका अनुसार पछिल्लो सहमतिको बारेमा अध्यक्षका प्रत्यासीबीच छलफल गरेर निर्वाचनको वातावरण बनाउने तयारी संघले गरेको छ ।

संघको नेतृत्वको लागि उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापा तथा कुल आचार्यले दावी गरेका छन् । 

चार महिनादेखिको विवादको अन्त्य गर्न संघका पदाधिकारी काठमाडौँमा भेला हुने भएका छन् । संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल काठमाडौँमा छन् भने अध्यक्षका प्रत्यासी डा. वद्री केसी र संघका महासचिव डा. हेमराज शर्मा यसैसाता काठमाडौँ पुग्ने छन् ।

जोशीकै शब्दमा संघभित्रको विवादको वर्तमान अवस्था:

"प्रत्येक दिन जसो दिनमा ६ वटा जति मिटिङ्ग  बसिन्छ । सबै बैठक खास गरेर प्रतिनिधि विवादको समस्या कसरी समाधान गर्ने भन्ने बिषयमै केन्द्रित छन् । यसलाई आपसी सहमति मै टुङ्याउँ भनेर नै बिभिन्न कोणबाट छलफल भैरहेको छ । कतैबाट कसैले तलमाथि गरेन भने यो समस्या आपसै सहमतिमै टुङ्गिएको अवस्था छ ।

अहिले लगभग  कस्तो भयो  सहमति भने यो अभियानमा आवद्द भएका र त्यसमा पनि सकृय रुपमा लागेका ब्यक्तिहरु छुटेका छन् भने तिनिहरुको योगदानको आधारमा उहाँहरुलाई समायोजन गरेर अगाडि बढ्ने भन्ने कुराको टुङ्गो लागेको छ । चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा त मैले यसै भन्न सक्दिन । तर प्रतिनिधि विवादलाई चाहिं हामीले किनारा लगायौं । यो सहमतिमा तीनवटै पक्षले यतिसम्म भयो भने मान्छौं भनेका छन् । र सबैले यो विषयमा कुनै विवाद गर्दैनौं भनेर सबै पक्ष सहमत हुनुहुन्छ ।

अहिले अब  लगभग विवाद त सुल्झियो भन्दा हुन्छ । तर केही समय अघिदेखि देखिएको वाद विवादले जन्माएको मनमुटावलाई काठमाडौंमैं एउटै टेवलमा बसेर छलफल गर्दा त्यो पनि सुल्झिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । हामी सबैलाई अहिले कस्तो लाग्यो भने शुरुमा जुन विवादहरु उठाइएका थिए ति विवाद उनै हुन र उत्रै छन् । तर आपसी मनमुटाव भने चुलिएको छ यो बिचमा । त्यसैले एक ढिक्का बन्नका लागि सबैको मन पखालिन जरुरी छ । हामी त्यसैको प्रयासमा छौं । सबै प्रत्यासीहरुलाई सँगै राखेर ‘फेस टु फेस’ बैठक गर्ने कुरा भएको छ,त्यसपछी यसले एउटा मोड लिन्छ जस्तो लाग्छ मलाई ।

एनआरएनए भित्र दिर्घकालिन समाधान भनेको सम्पूर्ण सदस्यले भोटहाल्न पाउने बनाउनु हो । यदि यो प्रतिनिधिको कुरा यस्तै रह्यो भने के हुन्छ भने बुझाउनेले एउटा भनिरहेको हुन्छ, बुझ्नेले अर्कै बुझ्छ । त्यसैले यो जबसम्म सबैले भोटहाल्ने ब्यवस्था हुँदैन तबसम्म यो समस्या समाधान हुँदैन । आगामी दिनमा सबैलाई भोटहाल्न सकिने ब्यवस्था मिलाएर जान सकियो भने यो समस्या सधैंको लागि अन्त्य हुन्छ । अब विधान संशोधन गरेर अगाडि बढ्नु पर्दछ ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित