निर्वाचनमा विजयी भए आफ्नो अर्काको टिम नभनीकन साझा नेतृत्व गर्न तयार छु : डा. बद्री केसी

निर्वाचनमा विजयी भए आफ्नो अर्काको टिम नभनीकन साझा नेतृत्व गर्न तयार छु : डा. बद्री केसी
युरोपनेपाली खबर २०७८ पुष १६ शुक्रबार, 31-12-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पद्का उम्मेदवार डा. बद्री केसीले निर्वाचनमा विजयी भएमा आफ्नो र अर्काको टिम नभनीकन साझा रुपमा नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ । केसी टिमले शुक्रबार आयोजना गरेको नयाँ वर्षको शुभकामना तथा साँस्कृतिक कार्यक्रममा बोल्नुहुँदै डां केसीले निर्वाचन अघि विभिन्न टिम बन्नू स्वभाविक भए पनि निर्वाचनपछि भने सबै टिमलाई बिर्सेर साझा नेतृत्व गर्ने बताउनु भयो ।

‘चुनावमा जाने बेलमा कोही न कोहीसँग मिलेर टिम बन्ने भए पनि चुनाव जितेर आएपछि मेरो र अर्काको टिम नभनीकन साझा नेतृत्व गर्न तयार छु’, उहाँले भन्नु भयो । डा.केसीले २०१९-२१ कार्यकालमा उल्लेखनीय कार्य भएको चर्चा पनि गर्नु भयो ।

उहाँले गैर आवासीय नेपालीहरुले ससाना लगानी गर्न सकून भन्ने उद्देश्यले १० अर्ब लगानी कोष खडा गरिएको, एनआरएन फाउन्डेसन पनि दर्ता भएको र कोभिड महामारीमा अत्यन्तै धेरै काम गरिएको बताउनु भयो ।

विश्वभरि रहेका ६२ वटा देशमा एनसिसीको निर्वाचन भएर नयाँ नेतृत्व चयन भएको र ३६ सय प्रतिनिधि छनौट भएर आएकाले जनवरीमा निर्वाचन गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो ।

अघिल्लो वर्ष एकआपसमा असमझदारी जे जस्तो देखिए पनि अब त्यसलाई अन्त गर्नु पर्ने बताउनु भयो । हामी बीचमा समस्या मात्र खोज्ने नभई हामीबीचबाटै समाधान निकाल्नुपर्नेमा पनि उहाँले जोड पनि दिनु भयो । साथै उहाँले कोरोना महामारी अन्त्य हुँदै चमहत्कारी वर्ष बन्ने पनि आसा ब्यक्त गर्नु भयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित