नेपालमा कोरोना संक्रमणको दर दिनहुँ उच्च, भयवह स्थिति आउन सक्ने, विगत २४ घण्टामा ३ हजार ७५ जना संक्रमित

नेपालमा कोरोना संक्रमणको दर दिनहुँ उच्च, भयवह स्थिति आउन सक्ने,  विगत २४ घण्टामा ३ हजार ७५ जना संक्रमित
युरोपनेपाली खबर २०७८ पुष २८ बुधबार, 12-01-2022


नेपालमा गत २४ घण्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ।कुल १३ हजार ३७ जनाको पीसीआर र एन्टीजन विधिबाट परीक्षण गरिएकोको थियो।परीक्षण गरिएका नमुना मध्ये २३ प्रतिशत भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो।

कोभिडका कारण थप २ जनाको मृत्यु पुष्टि भएको  बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता स‌ंगिता मिश्राले हालैका दिनमा सङ्क्रमण दर वृद्धि भइरहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिन्।

एक सातामा कोरोनाभाइरस सङ्क्रमण छ गुनाभन्दा बढी भएको छ ।

थपिएका सङ्क्रमितमध्ये १५०० भन्दा बढी काठमाण्डू उपत्यकामा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित