तत्काल निर्वाचन घोषणा गर्न एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गौतमको माग

तत्काल निर्वाचन घोषणा गर्न एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गौतमको माग
युरोपनेपाली खबर २०७८ पुष २९ बिहीबार, 13-01-2022


श्री कुमार पन्त ज्यु, 

अध्यक्ष,  गैरआबासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, काठमाडौं नेपाल ।

बिषयः  केन्द्रिय महाधिवेशन तथा निर्वाचन मिति घोषणा गर्न सम्बन्धमा

महोदय,

उपरोक्त सम्बन्धमा गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवशेन तथा अन्तराष्ट्रिय सम्मेलन गत अक्टोवर महिना देखि स्थगित छ । 

संघको महाधिवेशनको लागि चयन भएका महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सरोकारवाला पक्षले देखाएको चासोलाई समेत सम्बोधन गर्न यो बीचमा पटक पटक छलफलहरु भएका थिए । 

संघको निर्वाचनको लागि पाटन उच्च अदालतले समेत वैधानिक रुपमा निर्वाचनको बाटो खोलि दिएको छ । संघको आफ्नै बिधान अनुरुप वर्तमान कार्यसमितिको कार्यअवधि २ महिनाभित्र सकिने अवस्था, परराष्ट्र मन्त्रालय र पाटन उच्च अदालतले समेत निर्वाचनको लागि आवश्यक मार्गप्रसस्त गरि सके पछि कुनै पनि बहानामा निर्वाचन रोक्ने सुविधा अब गैरआवासीय नेपाली संघलाई छैन् । 


यसैबीच केन्द्रिय महाधिवेशन आयोजना गर्न र निर्वाचन सम्बन्धी प्रक्रियाका बिषयमा संघ भित्र उत्पन्न विवाद असमजदारीलाई अन्त गर्न अध्यक्ष कुमार पन्तद्धारा गठित विवाद समाधान समिती, उम्मेदवारहरु, संघ र सहजकर्ताका बीचमा गत साता भएको सहमति सर्वजनिक भैसकेको छ । 

संघको महाधिवेशन प्रतिनिधि विवादलाई समेत सम्बोधन गर्ने गरि सर्वपक्षिय  रुपमा भएको सो सहमतिका आधारमा तत्काल अघि बढ्नुको  कुनै विकल्प छैन तसर्थ  सो सहमतिकै आधारमा संघको १० औं केन्द्रिय  महाधिवेशन तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरि निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरिन्छ । 

सर्वपक्षीय  तथा परराष्ट्र मन्त्रालयको जानकारीमा समेत भएको  सो सहमति कार्यन्वयन नभए संघ विघटनमा जाने प्रायः निश्चित छ । 

६५ देशका ३५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मताधिकार सुरक्षित गर्न र संघलाई बिघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्न  अनुरोध गरिन्छ ।  

 गंगाधार गौतम

विधान समिति सह-सम्योजक तथा 

पूर्व अध्यक्ष एनआरएनए बेल्जियम

बोधार्थ:

निर्वाचन समिति, गैरआवासीय नेपाली संघ

संरक्षक परिषद, गैरआवासीय नेपाली संघ 

डा. हेम राज शर्मा, महासचिव गैरआवासीय नेपाली संघ

१२ जनवरी २०२२

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित