बेलायतमा बोरिस जोन्सनले राजीनामा दिएर भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने दावीका कारण खैलाबैला

बेलायतमा बोरिस जोन्सनले राजीनामा दिएर भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने दावीका कारण खैलाबैला
युरोपनेपाली खबर २०७८ माघ १ गते शनिबार, 15-01-2022


युरोप । बेलायतका एक प्रमुख सट्टेबाजले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले छिटै राजीनामा दिन सक्ने बताएका छन् । कम्पनीले भारतीय मूलका ऋषि सौनक बोरिस जोनसनको ठाउँमा बेलायती प्रधानमन्त्री बन्न सक्ने बताएको छ । ऋषि सौनक बोरिस जोनसन सरकारका अर्थमन्त्री हुन् । बेलायतको प्रमुख सट्टा कम्पनी बेटफेयरका अनुसार कोभिड महामारीको क्रममा मदिरा पार्टीका कारण ५७ वर्षीय प्रधानमन्त्रीमाथि राजीनामाको दबाब बढिरहेको छ ।

यो दबाब विपक्षीको तर्फबाट मात्र नभइ स्वयं प्रधानमन्त्री जोनसनको कन्जर्भेटिभ पार्टी भित्रैबाट पनि छ । बेटफेयरका साम रोसबटमले वेल्स अनलाइनसँग कुरा गर्दै बोरिस जोनसनले राजीनामा दिए प्रधानमन्त्री पदको दौडमा सबैभन्दा अगाडि ऋषि सौनक भएको बताएका छन् । त्यसपछि दौडमा विदेश सचिव लिज ट्रस, क्याबिनेट मन्त्री माइकल गोभ छन् । भारतीय मूलकी प्रिती पटेल पनि प्रधानमन्त्रीको दौडमा छिन् । प्रिटी पटेल अहिले गृह सचिव हुन् ।

रोसबटमका अनुसार ताजा सट्टेबाजीले बोरिस जोनसनले छिटै राजीनामा दिन सक्ने देखाएको छ । जुन बियर पार्टीका कारण जोनसनमाथि राजीनामाको दबाब बढिरहेको छ त्यसको आयोजना मे २०२० मा प्रधानमन्त्रीको डाउनिङ स्ट्रिटस्थित निवासमा भएको थियो । केही समयअघि पार्टीसँग सम्बनिधत केही तस्वीर र इमेल लिक भएपछि यसको खुलासा भएको हो र त्यसयता यो विवाद चर्किएको छ ।

बुधबार बोरिस जोनसनले हाउस अफ कमन्सको च्याम्बरमा लकडाउनका दिशानिर्देशको उल्लंघनका लागि माफी मागेका थिए । यस क्रममा ऋषि सौनक उपस्थित थिएनन् । उनको अनुपस्थितिपछि ऋषिले संकटमा परेका प्रधानमन्त्रीसँग दूरी बढाउन थालेको अनुमान गरिएको छ । यी अड्कलबाजीका बीच सौनकले एक ट्वीटमार्फत आफू व्यस्तताका कारण आउन नसकेको बताएका छन् ।

उनले ट्वीट गरेका छन् ‘म आज पूरै दिन हाम्रो प्लान फर जब्स योजनामा काम गरिरहेको थिएँ । साथमा ऊर्जाको स्थितिबारे चर्चा गर्नको लागि सांसदहरुसँग भेटघाटमा थिएँ । प्रधानमन्त्रीले माफी माग्नुभयो यो राम्रो कुरा हो । यो विषयमा सू ग्रेको जाँच चलिरहेको छ । प्रधानमन्त्रीले जाँच पूरा हुँदासम्म धैर्य गर्न अनुरोध गर्नुभएको छ जसको म समर्थन गर्छु ।’

बीबीसीको एक रिपोर्टअनुसार केही बेलायती अखबारले सौनकको यो ट्वीटलाई बोरिस जोनसनको समर्थनको रुपमा हेरेका छन् । बोरिस जोनसनले हाउस अफ कमन्समा दिएको आफ्नो बयानमा भनेका थिए ‘म माफी माग्न चाहन्छु । मलाई थाहा छ विगत १८ महिनामा लाखौं मानिसहरुले असाधारण बलिदान दिएका छन् । मलाई थाहा छ मलाई र सरकारलाई लिएर उनीहरु कति आक्रोशित छन् ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित