पोर्चुगलमा वकिल हुँ भन्दै महिलामाथि कुटपिट र दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा उजुरी

पोर्चुगलमा वकिल हुँ भन्दै महिलामाथि कुटपिट र दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा उजुरी
युरोपनेपाली खबर २०७८ माघ २ गते आइतबार, 16-01-2022


लिस्बनस्थित एक वकिल कार्यालयमा काम गर्ने तर आफुलाइ कानून व्यवसायीको रूपमा नै  परिचय  दिंदै हिड्ने नेपाल तनँहु घर भएका राजन खनालविरूद्ध सोही कार्यालय कार्यरत एक महिलाले कुटपिट, दुव्र्यवहार र  शारीरिक तथा मानसिक यातनाको आरोप लगाउँदै पोर्चुगल प्रहरीमा उजुरी दिएकी छन् । 

पीडित महिलाले पोर्चुगलको अवैतनिक नेपाली बाणिज्यदुत, एनआरएनए पोर्चुगल, पोर्चुगलमा कार्यरत सम्पुर्ण संघसंस्था, बुद्विजीवी, पत्रकार लगायतलाई समेत बोधार्थ दिदै निवेदन दिएकी छन् ।

महिलामाथि दुव्यवहार भएको घटना सार्वजनिक भएसंगै पोर्चुगलमा रहेका महिलाका संघसंस्था लगायत अन्य सामाजिक संघसंस्थाले घटनाको घोर निन्दा र भत्सर्ना गर्दै पीडकलाई सजाय र पीडितलाई न्याय दिन आह्वान गरेका छन् ।

पीडित महिलाले आफुलाई विगत केही समयदेखि नै खनालले शारीरिक तथा मानसिक रूपमा यातना दिईराखेकोमा हिजो जनवरी १५ तारिख  शनिबार कार्यालयमा काम गरिरहेको अवस्थामा आएर एक्कासी गाली गलौज गरेको तथा कपाल लुछ्दै नीलडाम हुने गरी कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् ।

‘म पोर्चुगलको डन हुँ, मेरो रातो पासपोर्ट छ, तैँले कही गएर पनि केही गर्न सक्दिनस, अन्त कतै गएर भनिस् भने तेरो ज्यान तलमाथि हुन्छ’ भन्दै धम्की दिने गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् ।

पीडित महिलाले आफू लामो समयदेखि अन्याय र दमनमा परेको बताएकी छन् । उनले भनेकी छन् ‘उहाँले मलाई कार्यकक्षमै आएर नीलडाम हुने गरी कुटपिट गर्नुभएको छ, सिसि क्यामेराको फुटेजले सबै कुराको प्रमाणित गर्छ । मैले सबै कुरा प्रहरीलाई जानकारी गराइसकेको छु । म मात्रै होइन धेरै महिलाहरु उहँबाट पीडित हुनुभएको रहेछ, मैले मुख खोलेपछि म जस्ता पीडित दिदीबहिनीहरुले पनि आवाज उठाउन थाल्नु भएको छ ।’

पीडितले प्रहरीमा उजुरी दिईसकेपछि एनआरएनए पोर्चुगल, पोर्चुगलमा कार्यरत सम्पुर्ण संघसंस्था, बुद्विजीवी, पत्रकार तथा आम नेपालीहरुलाई सहयोगको लागि अपिल समेत गरेकी छिन् ।

यस विषयमा बुझ्न आरोपित खनालसंग सम्पर्क गर्न खोज्दा कुनैपनि  माध्यमबाट सम्पर्क हुन सकेन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित